अमेरिकाको भर्जिनिया राज्यको स्प्रिङ्गफिल्ड शहरमा नेपालीद्वारा संचालनमा ल्याइएको शानदार किराना पसल सगुन मार्टको औपचारिक उद्घाटन गरिएको छ । पसल संचालनमा ल्याइता पनि नेपाली समुदायलाई आमन्त्रित गरि औपचारिक रुपमा बृहत उद्घाटन कार्यक्रम गरिएको छ ।
आज गरिएको औपचारिक उद्घाटनमा कुनै पनि अतिथिलाई आमन्त्रण गरि रातो फित्ता (रिबन)काटीएन । बरु समाजकै वरिष्ठ महिला (हजुरआमा)र समाजकै एक किशोरी (नातिनी)उमेरकी युवतीले समुदायको उपस्थितिमा रातो फित्ता काट्ने काम गरियो ।
संचालक निलु उप्रेतीले ईनेप्लिजलाई आश्चर्यजनक पुरस्कार ५ % छुट र अन्य सुबिधा रहेको बताइन । उनले सबैलाई पसलमा आउन आग्रह गर्दै नेपालीहरुको अथेन्टिक अर्थात् विश्वसनीय किराना पसल भएको जनाइन । साथै उप्रेतीले पूजाका लागि सामग्रीहरु पनि उपलब्ध गराईएकोले सबैलाई एक पटक मौका दिन नेपाली समुदायलाई आग्रह गरिन । आज उद्घाटनमा नेपाली समुदायको ओइरो लागेको थियो । अमेरिकामा मानिसहरु व्यस्त हुने हुनाले खरिद गर्ने र घर फर्कने क्रम जारी रहेको थियो ।
त्यहाँ आएका ग्राहकहरुले किनमेल गरेका थिए । अधिकांश वरपर रहेका नेपाली ग्राहकहरुले किराना पसल खुलेकोमा सगुन मार्टलाई धन्यवाद दिए । साथै एक नेपालीले अर्को नेपाली लाई सहयोग गर्न पाइएकोमा खुसी व्यक्त गरे ।
अढाई दशक अगाडी देखि नै अमेरिका आएका समाज सेवी तथा संचारकर्मी समेत रहेका दम्पत्तिद्वय राम चन्द्र खरेल , निलू उप्रेतीले सगुन मार्ट नामक सुलभ पसल खोलेका हुन् ।
आज उद्घाटनको अवसरमा थुप्रै सामग्रीहरु थपिएको थियो । पसलमा सामाग्रीहरु भरि भराउ देखिन्थे । ग्राहकहरुका माँगहरुलाई ध्यानमा राख्दै त्यहाँ नभएका त्यसामग्रीहरु सगुन मार्ट अर्थात् किराना पसलमा राखिने संचालकले बताए ।
सगुन मार्टको प्राथमिकता भनेको भरसक नेपाली सामानहरु हो । तर सबै प्रकारका सामग्रीहरु नेपालमा उत्पादन नहुने भएकोले किराना पसलमा सबै प्रकारका सामानहरु राखिने उद्धेश्यले भारतीय ,पाकिस्तानी तथा अन्य देशका समानहरु पनि उपलब्ध गराईएको छ ।
यस क्षेत्रमा बसोबास हुने सम्पूर्ण नेपालीलाई नेपाली खाधन्य तथा अन्य बस्तुहरुको आवश्यक परेमा एक पटक सगुन मार्टमा पाल्न अनुरोध गरिएको छ । सुपथ मुल्यमा ग्राहकलाई सेवा दिनु सगुन मार्टको ध्येय रहेको र त्यो कुरामा निर्धक्क हुन् संचालिका उप्रेतीले सबैलाई इनेप्लिजलाई बताइन ।
सगुन मार्ट किराना पसलमा नेपाली समुदायले खोजेका सबै चिजहरु उपलब्ध गराईने हुनाले हाललाई लप्सीको धुलो ,आलस दाना ,नेपाली सौँप्,नेपाली टिम्बुर ,बत्तिसा धुलो,सिस्नुको धुलो ,छोयला मसला ,फापरको पिठो , जुम्लाको मार्सी चामल ,जुम्ला सिमी ,चम्सुर दाना ,मास पिडालुको मस्यौरा ,हिमाली तामा ,नेपाली भुटेको गेडागुडी , जौको सातु ,नेपाली मसलाहरु मिक्स सातु ,तारेको भटमास ,अकबरे माछा ,,ज्वानो ,नेपाली खुकुरी लगायत भारतीय,पाकिस्तानी लगायत देशका सामग्रीहरु उपलब्ध रहेका छन् ।
औपचारिक उदघाटन गरि नेपाली समुदायलाई सजिलो बनाई दिनु भएकोमा सगुन मार्ट परिवारलाई ईनेप्लिजको तर्फबाट शुभकामना तथा बधाई !
प्रतिक्रिया