बेलायत, फ्रान्स , युक्रेन तथा अन्यसँग मिलेर युद्धविराम योजनामा ​​काम गर्ने छ : बेलायती प्रधानमन्त्री स्टारमर

इनेप्लिज २०८१ फागुन १८ गते २०:३७ मा प्रकाशित

बेलायती प्रधानमन्त्री केयर स्टारमरले बेलायत, फ्रान्स र युक्रेन युद्धविराम योजनामा ​​काम गरिरहेको बताएका छन्।

बेलायतका प्रधानमन्त्री केयर स्टारमरले युक्रेनमा भइरहेको लडाई रोक्ने योजनामा ​​युक्रेन, फ्रान्स र “सम्भवतः एक वा दुई अन्य” देशसँग काम गर्ने बताएका छन्।

स्टारमरले युक्रेनमा युरोपेली र अन्य विश्व नेताहरूको महत्वपूर्ण शिखर सम्मेलन अगाडि बीबीसीसँगको कुराकानीमा उक्त कुरा बताएका हुन् । उनले यो योजनालाई “सही दिशाको कदम” भन्दै ब्याख्या गरे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीच ओभल कार्यालयमा भएको तातो बहस आदानप्रदानमा स्टारमरले भने, “कसैले पनि त्यो हेर्न चाहँदैनन्,” तर उनले अगाडी भने ट्रम्प युक्रेनमा दिगो शान्ति हेर्न चाहन्छन् भन्ने कुरामा विश्वस्त रहेको बताए ।

अमेरिकामा भएको बहस पछि युरोपेली देश एक जुट भएका छन् भने कसरी युद्ध बिराम गर्ने भन्ने तर्फ सबै लागेका छन् । बेलायतको भ्रमणमा रहेका जेलेन्स्कीले राजा चार्ल्स तृतीयलाई समेत भेट गरेका छन् । युरोपेली देशले अझ सशक्त रुपमा युक्रेनलाई साथ दिने बचन दिएका छन् ।

प्रतिक्रिया