क्यालिफोर्निया तटबाट २१ अवैध आप्रवासी पक्राउ

इनेप्लिज २०८१ फागुन १८ गते ११:३४ मा प्रकाशित

अमेरिकी तट रक्षक (युएससिजी )ले क्यालिफोर्नियाको लोमाबाट करिब २० माइल पश्चिमतर्फ गइरहेको एक डुङ्गा अवरोध गरी २१ अवैध आप्रवासीलाई नियन्त्रणमा लिएको छ। अमेरिकी तट रक्षकको समाचार विज्ञप्ति अनुसार, तिनीहरूलाई नियन्त्रणमा लिएपछि अमेरिकी सीमाशुल्क तथा सीमा सुरक्षा (सिबीपी ) अधिकारीहरूलाई हस्तान्तरण गरिएको छ ।

यस अभियानको नेतृत्व युएससिजी कटर ह्याडक लगायत अन्यले सहयोग गरेका थिए । पछिल्ला महिनाहरूमा क्यालिफोर्नियाको समुद्री सीमामा अवैध आप्रवासन रोक्ने प्रयास तीव्र पारिएको छ।

फक्सन्यूजका अनुसारयसअघि जनवरी २५ मा नौ अवैध आप्रवासी बोकेको डुङ्गा र फेब्रुअरी २ मा १६ अवैध आप्रवासी बोकेको अर्को डुङ्गा सान डिएगोतर्फ जाँदै गर्दा नियन्त्रणमा लिइएको थियो।

तट रक्षकले गृह सुरक्षा विभागको समर्थनमा अवैध आप्रवासन रोक्न थप जनशक्ति र स्रोतहरू परिचालन गरिरहेको छ। युएससिजीका कार्यवाहकले राष्ट्रपति कार्यकारी आदेशअनुसार अमेरिकी सीमाको सुरक्षा र सार्वभौमिकता जोगाउन तट रक्षकले आफ्नो क्षमताहरू बढाइरहेको बताए।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनको कडा आप्रवासन नीतिहरूको चर्चा गर्दै अवैध प्रवेश गर्नेहरूको संख्या न्यून स्तरमा रहेको दाबी गरे। उनले भने, हाम्रो नीतिका कारण सीमा पूर्ण रूपमा बन्द छ, र गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्न खोज्ने जो कोहीलाई कडा सजाय हुनेछ र तुरुन्तै निष्कासन गरिनेछ।

प्रतिक्रिया