पुटिन बारे नकारात्मक कुराहरू गरेकोमा ट्रम्पद्वारा जेलेन्स्कीको आलोचना

इनेप्लिज २०८१ फागुन १७ गते १२:०१ मा प्रकाशित

रुसी राष्ट्रपति भाल्दिमिर पुटिन बारे नकारात्मक कुराहरू गरेकोमा राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आलोचना गरेका छन् ।

गत फेब्रुअरी २८ शुक्रबारका दिन व्हाइट हाउसको ओभल कार्यालमा ट्रम्पसँग दिउँसो युक्रेनी राष्ट्रपति जेलेन्स्कीको चर्काचर्की पछि ट्रम्पले आलोचना जारी राखे। जेलेन्स्कीले पुटिन बिरुद्ध कठोर शब्दहरूप्रति ट्रम्पले निराशा व्यक्त गरे ।

जेलेन्स्कीले म शान्ति स्थापना गर्न चाहन्छु भन्नु पर्नेमा उनले पुटिनको बारेमा सबै नकारात्मक कुराहरू गरे । उनले म शान्ति स्थापना गर्न चाहन्छु । म अब युद्ध लड्न चाहन्न भन्नुको सट्टामा कुरा काटे ,ट्रम्पले भने । उनका मानिसहरू त्यहाँ मरिरहेका छन्।

जेलेन्स्कीलाई शान्ति चाहना हुन् कति समय लाग्छ र व्हाइट हाउसमा फर्कन कति समय लाग्छ भनेर पनि सोधिएको थियो। उनी अहिले चाहन्छन्। उनी अहिले फर्कन चाहन्छन्, तर म त्यो गर्न सक्दिन,” ट्रम्पले भने।

प्रतिक्रिया