युक्रेन तथा रुसलाई वार्तामा म कसैलाई विश्वास तथा अविश्वास नगर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताए ।
एबीसी न्यूजले उनी रूसी राष्ट्रपति भ्लादिमिर पुटिन वा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई कसलाई बढी विश्वास गर्ने या नर्गने सवालमा राष्ट्रपति ट्रम्पले उनी”कसैलाई पनि विश्वास वा अविश्वास नगर्ने बताए ।
राष्ट्रपति ट्रम्पले फेब्रुअरी २८, २०२५ मा वाशिंगटनको ह्वाइट हाउसबाट फ्लोरिडाको पाम बीचस्थित आफ्नो मारालागो भवनमा प्रस्थान गर्ने तयारी गर्दै पत्रकारहरूसँग कुरा गर्दै उनले त्यसो भनेका हुन् ।
“हेर्नुहोस्, म कसैलाई पनि विश्वास वा अविश्वास गर्दिन,” उनले भने। म केवल एउटा सम्झौता गर्न चाहन्छु, र ,यदि सम्झौता भयो भने, राम्रो ,उनले थपे ।
प्रतिक्रिया