ट्रम्प र भोलोदिमिर जेलेन्स्कीबीच चर्काचर्की पछि पत्रकार सम्मेलन रद्ध, खनिज सम्झौता तुहियो

इनेप्लिज २०८१ फागुन १६ गते १९:०५ मा प्रकाशित

ओभल कार्यलयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच चर्काचर्की भए पछि  संयुक्त पत्रकार सम्मेलन रद्द गरिएको छ।

यो बैठक मुख्य रूपमा युक्रेन रुस युद्धविराम वार्ताको तयारीस्वरूप अमेरिकासँगको खनिज स्रोत सम्झौताका लागि आयोजित गरिएको थियो। तर, जेलेन्स्कीले उपराष्ट्रपति जेडी भान्सलाई युक्रेनको भ्रमण गर्न आग्रह गरेपछि विवाद सुरु भयो। 

उनले युक्रेनमा भइरहेको युद्धको विनाश आफ्नै आँखाले हेर्न अनुरोध गरे, जसलाई ट्रम्पले चर्को विरोध गरे।

शब्द आदानप्रदान चर्किंदै गएपछि ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध  खेल खेल्ने” आरोप लगाए र यदि सम्झौता हुन नसके अमेरिकाले युक्रेनलाई दिएको सैन्य सहायता फिर्ता लिन सक्ने संकेत गरे।

त्यसपछि ट्रम्पले ट्रुथ सोसल मा लेखे:

“ राष्ट्रपति जेलेन्स्की अमेरिका संलग्न रहेसम्म शान्तिका लागि तयार छैनन् भन्ने मैले निर्धारण गरे किनभने उनले हाम्रो संलग्नतालेउनलाई वार्तामा ठूलो फाइदा पुर्‍याउने ठानेका छन्।  फाइदा चाहन्न शान्ति चाहन्छु। उनले ओभल कार्यलयमा अमेरिका अपमानितगरे। उनी शान्तिका लागि तयार भएपछि मात्र फिर्ता आउन सक्छन्।

यो घटनाले अमेरिका र युक्रेनबीच बढ्दो तनावलाई उजागर गरेको छ। जेलेन्स्की अमेरिकी समर्थन निरन्तर रहने आशामा थिए, तर ट्रम्पको आक्रामक प्रतिक्रियाले अब यो समर्थन कति टिक्ने भन्ने प्रश्न उठाएको छ।

यो विवादित बैठकमा युक्रेनले अमेरिकालाई खनिज स्रोत, तेल, प्राकृतिक ग्यासको अधिकार दिने सम्झौताबारे छलफल गरिरहेको थियो। तर, दुई नेताबीचको विवादपछि यसको भविष्य अनिश्चित देखिन्छ।

ट्रम्प र जेलेन्स्कीबीचको सम्बन्ध फेरि बिग्रिएको यस घटनाले युक्रेनलाई अमेरिकी सहायता कति हदसम्म प्राप्त हुनेछ भन्ने विषयमा अनिश्चितता बढाएको छ।

प्रतिक्रिया