अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री केयर स्टारमरबीच ह्वाइट हाउसमा भएको बैठकपछि संयुक्त पत्रकार सम्मेलन आयोजना गरे । दुवैले पत्रकारहरुको जवाफ दिए ।
बैठकमा दुबै नेताले व्यापार, युक्रेनको सुरक्षा, र रूससँगको सम्बन्धबारे छलफल गरेका थिए।
ट्रम्पले स्टारमरलाई “धेरै कठिन वार्ताकार” भन्दै प्रशंसा गरे र बेलायत-अमेरिका सम्बन्ध अझै बलियो रहेको बताए। उनले भने,प्रधानमन्त्रीसँग हाम्रो उत्कृष्ट सुरुवात भएको छ। बेलायत र अमेरिका विशेष सम्बन्ध भएका राष्ट्रहरू हुन्, जुन पुस्तौंसम्म चलेको छ, र हामी यसलाई अझ मजबुत बनाउनेछौं।
युक्रेनको सुरक्षासम्बन्धी अमेरिकी प्रतिबद्धता स्टारमरको प्रमुख चासोको विषय थियो। उनले ट्रम्पलाई युक्रेनलाई सुरक्षा प्रत्याभूति दिन आग्रह गरे। तर, ट्रम्पले स्पष्ट प्रतिबद्धता जनाउन अस्वीकार गर्दै भने रूस अहिले राम्रो व्यवहार गरिरहेको छ, हामी शान्ति सम्झौताका लागि अघि बढिरहेका छौं।
दुबै नेताले व्यापारसम्बन्धी विषयमा पनि छलफल गरे। अमेरिकी प्रशासनले युरोपेली संघका आयातित वस्तुहरूमा २५% शुल्क लगाउने घोषणा गर्यो, जसले व्यापार तनाव बढाउने संकेत गरेको छ।
अन्त्यमा, बेलायती प्रधानमन्त्रि स्टारमरले राजा चार्ल्स तृतीयको तर्फबाट ट्रम्पलाई बेलायत भ्रमणको निम्तो दिए। ट्रम्पले निमन्त्रणा स्वीकार गरे र प्रथम महिलासंग जाने बताए ।
यो भेटवार्ताले बेलायत-अमेरिकाबीचको ऐतिहासिक “विशेष सम्बन्ध” अझै कायम रहेको संकेत गरेको छ । यद्यपि दुबै नेताका विदेश नीतिहरूमा केही मतभेद देखिएको छ।
प्रतिक्रिया