अमेरिकामा बेरोजगारी भत्ता माग गर्नेको संख्या गत हप्तामा तीन महिनाको उच्च विन्दुमा पुगेको छ ।
अमेरिकी श्रम विभागका अनुसार फेब्रुअरी २२ सम्मको हप्तामा बेरोजगारी भत्ता आवेदन दिने अमेरिकी नागरिकहरूको संख्या २२,००० ले बढेर २,४२,००० पुगेको छ। विश्लेषकहरूले २,२०,००० नयाँ आवेदन पर्ने अनुमान गरेका थिए।
साप्ताहिक बेरोजगारी भत्ता आवेदनहरू प्रायः रोजगारी गुमाउनेहरूको संख्याको संकेत मानिन्छ।
चार साताको औसत दर ८,५०० ले बढेर २,२४,००० पुगेको छ।
सरकारी कर्मचारी कटौती अभियान :
बुधबार वरिष्ठ अमेरिकी अधिकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनद्वारा सरकारी कर्मचारी कटौतीको योजना अघि बढाउँदै एक ज्ञापन जारी गरेका थिए। हजारौं परीक्षणकालका कर्मचारीहरू पहिले नै निकालि सकिएको छ ।
सरकारी निकायहरूलाई मार्च १३ भित्र कर्मचारी कटौती) को योजना पेश गर्न निर्देशन दिइएको छ ।
अमेरिकी श्रम बजार अझै मजबुत :
यसै महिनाको सुरुमा श्रम विभागले जनवरीमा अमेरिकी रोजगारदाताहरूले १,४३,००० नयाँ रोजगारी सिर्जना गरेका थिए जुन डिसेम्बरमा थपिएका २,५६,००० रोजगारीभन्दा कम हो। तर बेरोजगारी दर ४% मा झरेको छ ।
जनवरीको उपभोक्ता मूल्य सूचकांक प्रतिवेदन अनुसार मुद्रास्फीति वार्षिक रूपमा ३% ले बढेको छ, जुन सेप्टेम्बरको २.४% भन्दा बढी हो।
प्रतिक्रिया