प्रधान न्यायाधीश रोबर्ट्सद्वारा ट्रम्प प्रशासनलाई विदेशी सहायता ठेकेदारहरूलाई भुक्तानी गर्नु पर्ने आदेश स्थगित

इनेप्लिज २०८१ फागुन १५ गते ११:४७ मा प्रकाशित

प्रधान न्यायाधीश जोन रोबर्ट्सले ट्रम्प प्रशासनलाई विदेशी सहायता ठेकेदारहरूलाई भुक्तानी गर्नुपर्ने आदेश स्थगित गरेका छन् । वाशिङ्टन, डीसी स्थित अमेरिकी सर्वोच्च अदालतका न्यायाधीश जोन रोबर्ट्सले बुधबार एक संघीय न्यायाधीशको आदेशलाई अस्थायी रूपमा रोक लगाएका छन्, जसअनुसार ट्रम्प प्रशासनले मध्यरातभित्र विदेशी सहायता ठेकेदारहरूलाई करिब २ बिलियन डलर भुक्तानी गर्नुपर्ने थियो।

यो निर्णय ट्रम्प प्रशासनको आपत्कालीन अनुरोधपछि आएको हो जसमा अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडि )को कोष जारी गर्न नदिन माग गरिएको थियो।

ट्रम्प प्रशासनको तर्क :

ट्रम्प प्रशासनले संघीय जिल्ला न्यायाधीश अमिर एच. अलीको आदेशले राष्ट्रपति डोनाल्ड ट्रम्पको संवैधानिक दायित्व (धारा २ ) विपरीत आर्थिक निर्णयहरू गर्न बाध्य बनाएको आरोप लगाएको छ।

विवादमा संलग्न पक्षहरूको प्रतिक्रिया :

न्यायाधीश रोबर्ट्सले आदेश स्थगित गरे पनि यो अस्थायी मात्र हुन सक्छ। ट्रम्प प्रशासनविरुद्ध लडिरहेका समूहहरूले शुक्रबार दिउँसो १२ बजे सम्म आफ्नो जवाफ पेश गर्नुपर्नेछ। त्यसपछि सर्वोच्च अदालतले यस विषयमा थप निर्णय लिन सक्ने फक्सन्यूजले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

विदेशी सहायता कटौतीको योजना :

ट्रम्प प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास निकायका ९०% भन्दा बढी सहायता सम्झौता र ६० बिलियन डलर बराबरको अमेरिकी सहायता कार्यक्रम हटाउने योजना सार्वजनिक गरेको छ।

प्रशासनका अनुसार यी कटौतीहरू वर्षौंदेखि संस्थागत रूपमा भइरहेको अनावश्यक खर्च हटाउने प्रयासको हिस्सा हुन्। ट्रम्प र उनका सहयोगी इलन मस्कले विदेशी सहायतालाई अमेरिकी करदाताको पैसा फाल्ने अनावश्यक खर्च भन्दै यसलाई ठूलो दरले कटौती गर्ने अभियान चलाएका छन्।

सर्वोच्च अदालतमा अर्को मुद्दा :

ट्रम्प प्रशासनले यसअघि सर्वोच्च अदालतमा अर्को आपत्कालीन अपील दर्ता गरिसकेको छ। यसमा संघीय निगरानी निकायको प्रमुखलाई ट्रम्पले हटाएपछि अदालतले पुनर्बहाली गरिदिएको निर्णय उल्ट्याउने प्रयास गरिरहेको छ।

प्रतिक्रिया