ओस्कार विजेता अभिनेता जीन ह्याकम्यान, उनकी पत्नी र कुकुरलाई घरमा मृत अवस्थामा फेला पारिएको फक्सन्यूजले जनाएको छ ।
ओस्कार विजेता अभिनेता जीन ह्याकम्यान, उनकी पत्नी बेत्सी अराकावा, र उनीहरूको कुकुरलाई अमेरिकाको न्यू मेक्सि राज्यकोउनीहरूको घरमा मृत अवस्थामा फेला पारिएको छ।
फेब्रुअरी २६, २०२५ मा लगभग १:४५ बजे दिउसो सा न्टा फे काउन्टी शेरिफका प्रहरीहरूलाई उनीहरुको घरमा पठाइएको थियो जहाँ ९५ वर्षीय जीन ह्याकम्यान र उनकी श्रीमती ६४ वर्षीया बेट्सी अराकावा र एउटा कुकुर मृत फेला परेका थिए,” विज्ञप्तिमा भनिएको छ।
फक्सन्यूजका अनुसार प्रारम्भिक अनुसन्धानमा कुनै आपराधिक क्रियाकलापको संकेत नभएको र र मृत्युको कारण अझै निर्धारण गरिएको छैन।
जीन ह्याकम्यानले आफ्नो जीवन यात्रामा “द फ्रेन्च कनेक्शन” र “अनफर्गिभन” जस्ता चलचित्रहरूमा उत्कृष्ट अभिनयका लागि दुई ओस्कार पुरस्कार जितेका थिए। उनी ९५ वर्षका थिए भने उनकी पत्नी बेत्सी अराकावा ६३ वर्षकी थिइन्।
घटनाको थप अनुसन्धान जारी रहेको छ भने अधिकारीहरूले समुदायलाई कुनै तत्काल खतरा नभएको आश्वासन दिएका छन्।
प्रतिक्रिया