इजरायल र हमासबीच बन्धकहरू पुन रिहा गर्ने बिषयमा सहमत भएका छन्।युद्धविरामको पहिलो चरण पूरा पुरा हुने सिविएसन्यूजले जनाएको छ ।
इजरायली र हमास अधिकारीहरूले मंगलबार घोषणा गर्दै उनीहरूले मरेका इजरायली बन्धकहरूको शव साटासाट गर्न सहमत भएका छन्, जसका बदलीमा सयौं प्यालेस्टिनी कैदीहरू रिहा गरिनेछन्।
यस सहमतिले हालको युद्धविरामलाई कम्तीमा केही दिन थप स्थिर राख्ने विश्वास गरिएको छ।
इजरायलले शनिबारदेखि ६०० प्यालेस्टिनी कैदीहरूको रिहाइ रोकेको थियो। यो कदम इजरायलले हमासद्वारा बन्धकहरूको अमानवीय व्यवहारको विरोधस्वरूप चालेको दाबी गरेको छ।
तर, हमासले यस ढिलाइलाई युद्धविरामको “गम्भीर उल्लङ्घन” भन्दै कैदीहरू रिहा नभएसम्म दोस्रो चरणको वार्ता सम्भव नभएको बताएको छ।
यो गतिरोधका कारण युद्धविराम खतरामा परेको थियो, किनभने यसको पहिलो छ-सप्ताहको चरण शनिबार समाप्त हुन गइरहेको थियो।
तर, मंगलबार अबेर हमासले समूहका उच्च राजनीतिक अधिकारी खालिल अल-हय्याको नेतृत्वमा रहेको एक प्रतिनिधिमण्डलले कायरोमा वार्ता गरेर विवाद समाधानको सहमति जुटाएको घोषणा गरेको छ ।
यस सहमतिपछि चारजना मरेका इजरायली बन्धकहरूको शव फिर्ता गरिने र सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिने बाटो खुलेको देखिन्छ। तर, साटासाट हुने मितिबारे अझै स्पष्ट भै नसकेको सिविएसन्यूजले जनाएको छ ।
हमासले दिएको विज्ञप्तिअनुसार, पहिल्यै तोकिएका कैदीहरू “इजरायली बन्धकहरूको शव फिर्ताको सहमतिसँगै” साटासाट गरिने र साथै नयाँ समूहका प्यालेस्टिनी कैदीहरूलाई पनि रिहा गरिनेछ।
इजरायली अधिकारीहरूले पनि सहमतिलाई पुष्टि गरेका छन्। न
प्रतिक्रिया