युक्रेले रुसको रणनीतिक बन्दरगाह र रसद केन्द्रमा ठूलो मात्रामा मानवरहित यान आक्रमण गरेको जनाएको छ । जस मध्ये १३० वटा युक्रेनी मानवरहित यान खसालेको रुसले दाबी गरेको छ ।
क्रास्नोदर क्राई क्षेत्रका अधिकारीहरूले धेरै घरहरूमा क्षति पुगेको बताएका छन् ।
रुसको रक्षा मन्त्रालयले जानकारी गराए अनुसार मंगलबार रातिदेखि बुधबार बिहानसम्म १३० युक्रेनी ड्रोन(मानव रहित यान )हरू खसालेको दाबी गरेको छ, जुन किभको रूसी क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो लामो दूरीको आक्रमण भएको बताएको छ ।
मस्कोले ८५ युक्रेनी मानव रहित यानहरू दक्षिणी रूसी क्षेत्र क्रास्नोडार क्राईमा खसालिएको थियो । जसमध्ये ३० वटा क्राइमियामा खसालिएको थियो। थप आठ वटा मानव रहित यानहरू अजोभ सागरमा, पाँचवटा कालो सागरमा र एक-एक ब्रायान्स्क र कुर्स्क क्षेत्रहरूमा खसालिएको मन्त्रालयले जनाएको छ ।
गभर्नर भेनियामिन कोन्ड्राटयेभले क्रास्नोडार क्राई क्षेत्रका धेरै घरहरू मानव रहित यान आक्रमण वा भग्नावशेष खसेर क्षतिग्रस्त भएको बताए।
प्रतिक्रिया