अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सिबिपी) ले दक्षिणी सीमामा आप्रवासी पक्राउको संख्या उल्लेखनीय रूपमा घटेको जनाएको छ। यो गिरावट राष्ट्रपति ट्रम्पको प्रशासनले लागू गरेका कडा आप्रवासन नीतिहरूको परिणाम हो ।
अमेरिकी भन्सार र सीमा सुरक्षा (सिबिपि ) ले दक्षिणी सीमामा आप्रवासी पक्राउको संख्या १५ वर्षमा सबैभन्दा कम भएको दाबी गरेको छ। प्रतिवेदनहरूका अनुसार, फेब्रुअरी २०२५ मा दैनिक औसत ३५९ जना अवैध आप्रवासीहरू पक्राउ परेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ९०% भन्दा बढीले कमी आएको देखिन्छ।
संख्या घट्नुको कारण के हो ?
यो गिरावट मुख्य रूपमा राष्ट्रपति ट्रम्पको कडा आप्रवासन नीतिहरूका कारण भएको मानिन्छ। उनले लागू गरेका केही महत्त्वपूर्ण नीतिहरूमा सीमामा थप सेना परिचालन पनि मुख्य हो ।
अमेरिकाले दक्षिणी सीमामा थप सुरक्षाकर्मी पठाएको छ, जसले अवैध आप्रवासीहरूलाई रोक्न मद्दत गरिरहेको छ। “पक्राउ र रिहा” नीतिको अन्त्य गरे पछि यो सम्भव भएको हो । यसअघि केही आप्रवासीहरू पक्राउ गरेपछि रिहा गरिन्थ्यो, तर अब उनीहरू तुरुन्तै निर्वासित गरिन्छन्।
सरकारले अवैध आप्रवासीहरूलाई चाँडो देश निकाला गर्ने नीतिलाई प्राथमिकता दिएको छ। मेक्सिको सरकारले पनि आफ्नो सीमा सुरक्षा कडा बनाएको छ, जसले अवैध आप्रवासीहरूको संख्या घटाउन मद्दत पुर्याएको छ।
के साँच्चै यो १५ वर्षकै सबैभन्दा न्यून संख्या हो?
प्रतिवेदनहरू अनुसार, यो प्रवृत्ति जारी रहेमा फेब्रुअरी २०२५ मा मासिक रूपमा सीमा पार गर्नेहरूको संख्या सबैभन्दा कम हुन सक्छ, जुन १९९९ यताकै सबैभन्दा न्यून हुनेछ।
प्रतिक्रिया