पेरिसमा अमेरिकी महिलाले तेस्रो तलाबाट नवजात शिशु फालेको आशंकामा गिरफ्तार

इनेप्लिज २०८१ फागुन १२ गते १७:५७ मा प्रकाशित
Screenshot

पेरिसमा अमेरिकी महिलाले तेस्रो तलाबाट नवजात शिशु फालेको आशंकामा गिरफ्तार गरिएको छ ।

पेरिसमा एक १८ वर्षीया अमेरिकी विद्यार्थीलाई हिरासतमा लिइएको छ । उनि बसेको पाहुना घर( होटल)को तेस्रो तलाबाट आफ्नै नवजात शिशुलाई फालेको आशंका गरिएको छ। 

यो जानकारी सोमबार सिविएसन्यूजलाई अभियोजन स्रोतहरूले पुष्टि गरेका छन्।

अभियोजन स्रोतहरूका अनुसार सोमबार बिहान पेरिसको पूर्वी भागमा पर्ने २०औं जिल्लामा प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थाले। गम्भीर चोट बोकेका नवजात शिशुलाई तत्काल अस्पताल लगिएको थियो, तर उनि बाँच्न सकिनन।

प्रहरीको किशोर सुरक्षा इकाईले उक्त शिशुको हत्या सम्बन्धी अनुसन्धानको जिम्मा लिएको छ।

स्थानिय पत्रिकाका अनुसार, बिहान ६ बजे छिमेकीहरू चिच्याएको आवाज सुनेर ब्युँझिए र तत्काल आपतकालीन सेवामा खबर गरे।

अभियोजन स्रोतहरूका अनुसार १८ वर्षीया ती विद्यार्थीलाई पनि अस्पताल लगिएको छ । उनलाई त्यहीँ प्रहरीले हिरासतमा राखेको छ।

स्रोतका अनुसार ती युवती युवा वयस्कहरूको समूहसँगै युरोप भ्रमणमा थिइन्।

प्रतिक्रिया