संयुक्त राज्य अमेरिकाको मेरिल्याण्डमा नेपालीद्वारा संचालित तेक्वान्दो प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ।
मेरिल्याण्ड राज्यको सिसीबिसी क्याटोन्सभिल कम्युनिटी कलेज जिमनाजीएम बाल्टिमोरमा आयोजना भएको “तेश्रो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता” गत मे १० शनिबारका दिन प्रतियोगिता सफलतापूर्वक समापन गरिएको छ ।
संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यहरुबाट ४५२ जना खेलाडीहरुले सहभागिता लिएको उक्त प्रतियोगिताका निर्देशक तथा एभरेष्ट वर्ड क्लास तेक्वान्दो संचालक वरिष्ठ मास्टर कुमार कार्कीले जानकारी दिए ।
यस बर्ष खुला बिभाजन तर्फ पेन्सेलभेनियाको हिङ्गम्याङ्ग तेक्वान्दोले ३५ वटा स्वर्ण,२६ वटा रजत तथा २४ वटा कास्य पदक सहित टोली प्रतियोगिता बिजयी बन्न सफल भएको छ । त्यस्तै एवरेस्ट तेक्वान्दो ल्यानकास्टर ३३ स्वर्ण,२१ रजत तथा १६ कास्य पदक सहित टोली बिजेताको पदक जित्न सफल भएको छ ।
त्यस्तै गरि वर्ल्ड क्लास डिभिजन(बिश्व श्रेणी बिभाजन)मा मेरिल्याण्डको मोसा तेक्वान्दोले ९ स्वर्ण ,७ रजत तथा ३ कास्य सहित टोली ग्रान्ड बिजेता हुन् सफल भएको छ ।
मेरिल्याण्डको युएस तेक्वान्दोले ७ स्वर्ण , ७ रजत तथा ६ कास्य सहित दोश्रो स्थान सहित टोली बिजता बन्न सफल भयो ।
स्वागत भाषण मास्टर सीजे चाङले गरेका थिए भने प्रतियोगितामा ८ जना अन्तर्राष्ट्रिय निर्णायक (रेफ्री )तथा २७ जना राष्ट्रिय निर्णायक (रेफ्री)हरू प्रतिस्पर्धामा निर्णायकको भूमिकामा रहेका थिए ।
प्रतियोगिताको अध्यक्षता ग्राण्डमास्टर एचके लीले गरेका थिए भने त्यस्तै ग्राण्डमास्टर जोन हलोवे निर्णायकका अध्यक्षता गरेका थिए । निर्णायकहरुमा ग्राण्डमास्टर से यङ चाङ र ग्राण्डमास्टर चुओङ फाम रहेका थिए ।
विशेष पाहुनाहरूमा ग्राण्डमास्टर से यङ चाङ ,नेपाल दूतावासका उप प्रमुख शरद राज आरन ,बाल्टिमोर काउन्टीका कार्यकारीका प्रतिनिधि इवान टालियाफेरो तथा नेपालका लागि २०२४ पेरिस प्यारालम्पिकमा ऐतिहासिक पदक जित्ने प्याराओलम्पियन पलेशा गोवर्धनको सहभागिता रहेको थियो ।
यसैगरी भिआइपि अतिथिहरुमा बानाका अध्यक्ष सुबोध पन्त,ओएनएफ अमेरिका अन्तर्गत क्षेत्रीय इन्चार्ज प्रभु थापा,वरिष्ठ नेपाली गायक रतन सुवेदी तथा स्थानीय संघ/संस्थाका अन्य पाहुनाहरूको उपस्थिति रहेको थियो ।
प्रतियोगिता अमेरिका,नेपाल र कोरियाको राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । अमेरिकाको राष्ट्रिय गानमा श्रीमती लोरा हिगिन्स ,नेपालको लागि श्रीमती गंगा लमिछाने तथा कोरियाली राष्ट्रगानमा मास्टर जनेल फामले गाएका थिए ।
प्याराओलम्पियन पलेशा गोवर्धनको ओलम्पिक यात्रा बारे बोलेकी थिइन् । त्यस्तै नेपाली दुताबासका उपनियोग प्रमुख शरद राज आरन,इवान टालियाफेरो तथा अध्यक्षता गरेका ग्राण्डमास्टर एचके लीले मन्तब्य राखेका थिए ।
गोवर्धनलाई विशेष पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताका निर्देशक मास्टर कुमार कार्कीले धन्यवाद ज्ञापन गरेका थिए ।
यसै गरि एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो ब्ल्याक बेल्ट गर्ल्स क्लबद्वारा नेपाली सांस्कृतिक नृत्य प्रस्तुति गरिएको थियो । मास्टर कृष्णा कार्की र टोलीले बेजोड प्रस्तुति गरेको थियो । मास्टर जनेल फामले मातृ दिवस विशेष प्रस्तुति गरेका थिए ।
प्रतिक्रिया