म्यारिल्यान्डमा हजुरआमाको गोली हानी हत्या — नातिनातिनीहरूको अगाडि बेहोस अवस्थामा भेटिइन्

इनेप्लिज २०८२ वैशाख २९ गते २:१२ मा प्रकाशित

अमेरिकाको म्यारिल्यान्ड राज्यको ल्यान्डोभरस्थित घरमा सुतिरहेका आफ्ना चार नातिनातिनीहरूको हेरचाह (बेबीसिटिङ्ग)गरिरहेकी एक हजुरआमाको गोली हानी हत्या गरिएको छ। प्रहरीका अनुसार ५४ वर्षीया रेवरेन्ड लेस्ली इभेट डेविसको घरमा सिधै कोठाभित्रै प्रवेश गरेर गोली हानी हत्या गरिएको हो।

अमेरिकामा मातातिर्थ औशी अर्थात् मदर्स डे(आमाको मुख हेर्ने दिवस)को अवसरमा आफ्ना नातिनातिनीहरूसँग विशेष रात बिताइरहेकी रेव लेस्ली भेट डेविसको हत्या शनिबार दिउँसो तब खुल्यो जब उनका छोरीहरू बच्चा लिन घर आए।

उनीहरू भित्र पुग्दा ६ वर्षका जुम्ल्याहा नातिहरू “हजुरआमालाई मारेको छ” भन्दै कराइरहेका थिए। त्यसपछि उनीहरूले डेविसलाई आफ्नो शयनकक्षमा मृत अवस्थामा नजिकै १० महिने र दुई वर्षे नातिहरू सँगै रहेको अवस्थामा फेला पारे।

परिवारका सदस्यहरूले बताएअनुसार डेविस एक श्रद्धालु, प्रेमिल र समाजसेवी व्यक्ति थिइन्। उनका छोरीले भाबुक हुदै भनिन्, “म निदाउन सक्दिन, खान सक्दिन। आँखा बन्द गर्दा म त्यसै दृश्यमा पुग्छु – जहाँ आमा लम्पसार थिइन्।”

प्रहरीले गलत व्यक्तिलाई लक्षित गरिएको हुन सक्छ । अपराधीले त्यो घर कसैको हो भनेर भ्रममा परेको हुन् सक्ने प्रहरीले बताए । एनबिसीवाशिंगटनका अनुसार कसैलाई पक्राउ गरिएको छैन। अनुसन्धान जारी रहेको छ।

डेविसको आमादेखि नातिनातिसम्म पाँच पुस्ता एउटै समुदायमा बस्दै आएका थिए। परिवार अहिले गहिरो पीडामा डुबेको छ र सत्यको खोजी गरिरहेको छ।

प्रतिक्रिया