ट्रम्प प्रशासनद्वारा अमेरिका एक्लै आएका बालबालिकाहरूलाई खोजी गर्न निर्देशन

इनेप्लिज २०८१ फागुन १२ गते ११:४४ मा प्रकाशित

ट्रम्प प्रशासनलेअमेरिका एक्लै आएका बाल आप्रवासीहरूलाई खोजी गर्न निर्देशन दिएको एबिसीन्यूजले जनाएको छ ।

समाचारका आन्सुअर २०१९ देखि ६ लाखभन्दा बढी आप्रवासी बालबालिकाहरूले दक्षिणी सीमाबाट प्रवेश गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी आप्रवासन अधिकारीहरूलाई देशभर एक्लै आएका आप्रवासी बालबालिकाहरूको खोजी गर्न निर्देशन दिएको छ । आप्रवासन तथा सीमा शुल्क प्रवर्तन (आइसिइ )को एक आन्तरिक दस्तावेजमा यो पहलले बालबालिकाहरूलाई मानव तस्करी वा अन्य शोषणको जोखिमबाट जोगाउन मद्दत गर्ने दाबी गरिएको छ।

सरकारी तथ्यांक अनुसार २०१९ यता ६ लाखभन्दा बढी आप्रवासी बालबालिकाहरू कानूनी अभिभावक वा अभिभावक बिना नै अमेरिका-मेक्सिको सीमाबाट प्रवेश गरेका छन्।

यस योजनाले आप्रवासी बालबालिकाहरूलाई मानव तस्करी वा अन्य किसिमको शोषणको शिकार हुन नदिने दाबी गरेको छ। स्रोतका अनुसार चार चरणमा लागू गरिने यस योजनाअन्तर्गत, बालबालिकाहरूलाई आप्रवासन अदालतमा उपस्थित हुन सूचना दिइनेछ वा यदि उनीहरूमाथि देशनिकाला आदेश जारी भइसकेको छ भने उनीहरूलाई स्वदेश फिर्ता पठाइनेछ।

आईसिइले एक्लै आएका आप्रवासी बालबालिकाहरूको तथ्यांक संकलन गरी तिनीहरूलाई उडान गर्न जोखिम, सार्वजनिक सुरक्षा र सीमा सुरक्षा गरी तीन समूहमा वर्गीकरण गरेको छ।

ट्रम्प प्रशासनको यो निर्णय रिपब्लिकन नेताहरूले गत वर्ष बाइडेन प्रशासनलाई ३ लाख आप्रवासी बालबालिका हराए भन्ने आरोप लगाएपछि आएको हो।

पछिल्ला पाँच वर्षमा ३२,००० भन्दा बढी बालबालिकाहरू आप्रवासन अदालतमा अनुपस्थित भएका थिए ।

प्रतिक्रिया