श्रीलंकामा रेलले हात्तीको बथानलाई ठक्कर दिदा ६ वटा जनावरहरुको मृत्यु भएको एपीले जनाएको छ । राजधानी कोलम्बोबाट करिब १२४ माइल टाढा रहेको प्रकृति उद्यान र वन्यजन्तुका लागि प्रख्यात क्षेत्र मिनेरिया नजिकै चार वटा बच्चा र दुई वयस्क हात्तीको मृत्यु भएको छ ।
श्रीलंकाको वन्यजन्तु आरक्ष नजिकै एउटा यात्रुवाहक रेलले हात्तीको बथानलाई ठक्कर दिंदा कूल ६ वटा हात्तीहरुको मृत्यु भएको एक अधिकारीले बिहीबार बताए ।
पूर्वी श्रीलंकाको हबरानामा प्रहरी र रेल कर्मचारीहरूले पटरीबाट खसेको रेलको जाँच गरिरहेका छन्। स्थानीय दूरदर्शन तथा संचार माध्यम (टेलिभिजन च्यानल)हरूले रेलको यन्त्र र धेरै डिब्बाहरू ठक्कर पछि पटरीबाट खसेको देखाएका छन्।
कुनै पनि यात्रु घाइते नभएको रेलगाडी अधिकारीले बताए । श्रीलंकामा हालैका वर्षहरूमा हात्तीहरूसँग सम्बन्धित रेल ठोक्किने घटनाहरू बढेका छन्, हात्तीहरूले खाना र पानीको खोजीमा रेलवे मार्गहरू पार गर्ने प्रयास गरिरहेका छन्। जसको कारण दुर्घटना हुने गर्छ ।
हिन्द महासागरीय टापु राष्ट्र श्रीलंकामा हात्तीहरूलाई सम्मान गरिए पनि १९ औं शताब्दीमा तिनीहरूको संख्या लगभग १४,००० बाट घटेर २०११ मा ६,००० पुगेकोले तिनीहरू खतरामा परेको एपीले जनाएको छ ।
प्रतिक्रिया