इजरायलले हमासले फिर्ता गरेको शवमा बिबासका बच्चाहरू रहेको बताएको छ भने तर उनीहरूकी आमा नभएको खुलासा गरेको छ ।
इजरायलले बिहीबार हमासले फिर्ता गरेको दुई शव एरियल र केफिर बिबासको रूपमा पहिचान गरेको बताएको छ। परीक्षण गर्दा उनीहरूको आमा शिरीको हुने अपेक्षा गरिएको थियो तर यो कुनै अन्य इजरायली बन्धकसँग मेल नखाएको इजरायली सेनाले जनाएको छ ।
इजरायली सेनाले पनि फोरेन्सिक (चिकित्साशास्त्र बिधि )प्रमाण र गुप्तचरले बच्चाहरूको हत्या गरिएको सुझाव दिएको बताएको छ।
“यो हमास आतंकवादी संगठनद्वारा गरिएको अत्यन्त गम्भीरताको उल्लङ्घन हो, जुन चार मृतक बन्धकहरूलाई फिर्ता गर्न सम्झौता अन्तर्गत बाध्य छ। हामी हमासलाई हाम्रा सबै बन्धकहरूसँगै शिरीलाई इजरायल फिर्ता गर्न माग गर्छौं,” इजरायली सेनाको विज्ञप्तिमा भनिएको छ ।
यसअघि बिहीबार, हमासले चारवटा शव इजरायललाई हस्तान्तरण गरेको थियो । जुन ३ बिबास परिवारका सदस्यहरू र ओडेड लिफशिट्जको भएको बताइएको थियो, जसलाई अक्टोबर ७, २०२३ मा किबुट्ज निर ओजमा आफ्नी श्रीमतीसँगै अपहरण गर्दा ८३ वर्षका थिए।
पत्रकार सम्मेलनमा, इजरायलको राष्ट्रिय फोरेन्सिक चिकित्सा केन्द्रका प्रमुख चिकित्सक चेन कुगेलले विज्ञहरूले चारवटा शवमध्ये एउटा लिफशिट्जको भएको पुष्टि गरेको तर बिबास परिवारको बारेमा कुनै टिप्पणी नगरेको बताए।
प्रतिक्रिया