इजरायलमा बिहीबार राती पार्किङ(यानस्थान)मा रहेका तीन बस( लोकयान)मा विस्फोट भएको बताइएको छ । आतंकवादी हमला भएको र कोही पनि घाइते नभएको बताइएको छ। इजरायली समाचार एजेन्सी टिपीएस-आइएलका अनुसार अन्य यात्रीयानहरूमा धेरै बमहरू फेला परेको बताइएको छ।
इजरायली अधिकारीहरूले तीन बस(यात्रीयान) विस्फोटपछि सबै सवारी साधनहरूमा बमको जाँच गरिँदै गर्दा सबै बस र रेल सेवाहरू बन्द गर्न आदेश दिएका छन्। बिहीबार राति लगभग ८:३० बजे तेल अभिभको दक्षिणमा अवस्थित शहर बट यामको यात्रीयानहरु राखी रहेको स्थानमा तीन सार्वजनिक यात्रीयान (बस)हरूमा विस्फोट भएको थियो।
फक्सन्यूजका अनुसार अग्निनियन्त्रकहरू घटनास्थलमा पुगे र आगो निभाए। त्यतिबेला यात्रीयाहरू खाली थिए र कोही पनि घाइते भएनन्।
प्रारम्भिक प्रहरी अनुसन्धानका अनुसार सबै विस्फोटक उपकरणहरू समान थिए र शुक्रबार विस्फोट हुने समय मिलाईएको थियो । हमासले गाजामा राखिएका चार इजरायली बन्धकहरूको शव रिहा गरेको केही घण्टापछि नै विस्फोटहरू भएका थिए।
“हामीले एक जना संदिग्धले धेरै गाडीहरुहरूमा विस्फोटक पदार्थ राखेका थिए या धेरै संदिग्धहरू थिए भनेर निर्धारण गर्न आवश्यक छ,” प्रहरी प्रवक्ता हाइम सारग्रोफले भने।
यात्रीयानहरूले आफ्नो मार्गहरू पूरा गरिसकेका थिए र अडान क्षेत्र(पार्किङ)मा थिए, बट यामका मेयर त्ज्विका ब्रोटले भने। नजिकैको होलोन शहरमा विस्फोट नभएको बममध्ये एउटा निष्क्रिय पारिएको थियो।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले घटनाहरूको बारेमा आफ्नो सैन्य सचिवबाट अद्यावधिकहरू प्राप्त गरि रहेका छन् । सुरक्षा मूल्याङ्कन गर्ने अपेक्षा गरिएको उनको कार्यालयले जनाएको छ।
इजरायल रक्षा बल (आईडीएफ) ले इजरायली प्रहरी र शिन बेटसँग अनुसन्धानमा काम गरिरहेको बताएको छ। बस बम विस्फोट पछि, रक्षामन्त्री इजरायल काट्जले इजरायल रक्षा बललाई पश्चिम क्षेत्रमा कारवाही बढाउन निर्देशन दिए।
प्रतिक्रिया