हमासले आगानी शनिबार ६ जना जीवित इजरायली बन्धकहरूलाई मुक्त गर्ने र बिहीबार ४ जना मृत बन्धकहरूको शव फिर्ता गर्ने घोषणा गरेको छ।
तीमध्ये शिरी बिबास र उनका दुई साना छोराहरू, कफिर र एरियल बिबास पनि छन्।
यो सम्झौता इजरायल र हमासबीचको युद्धविराम सम्झौताको भाग हो, जसअन्तर्गत इजरायलले पनि केही प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्नेछ।
बिबास परिवार अक्टोबर २०२३ को हमलाका क्रममा अपहरणमा परेको थियो, र उनीहरूको मृत्यु इजरायली हवाई आक्रमणका कारण भएको विश्वास गरिएको छ, यद्यपि यसबारे इजरायलको आधिकारिक पुष्टि आउन बाँकी छ।
यस बन्धक आदान-प्रदान सम्झौताले गाजामा मानवीय सहायता पुर्याउने प्रयासलाई पनि तीव्र पार्ने उद्देश्य राखेको छ।
सम्झौताको भागस्वरूप इजरायलले गाजामा मोबाइल ( घुम्ती)घरहरू र निर्माण उपकरणहरू पठाउने अनुमति दिएको छ।
इजरायली प्रधानमन्त्रीको कार्यालयले मंगलबार कायरोमा भएको वार्ताको क्रममा एउटा सम्झौता भएको छ जसमा “चार मारिएका बन्धकहरू” बिहीबार हस्तान्तरण गरिनेछन् र “छ जना जीवित बन्धकहरू” शनिबार रिहा गरिनेछन्।
प्रतिक्रिया