सामाजिक सुरक्षा प्रशासन अर्थात सोसल सेक्युरिटी प्रमुखले सरकारी दक्षता बिभागले प्राप्तकर्ताको जानकारी पहुँच गर्ने प्रयासको विरोध गर्दै राजीनामा दिएकी छन् ।
सामाजिक सुरक्षा प्रशासन (एसएसए) की कार्यवाहक आयुक्त मिशेल किङले प्राप्तकर्ताको संवेदनशील जानकारीमा पहुँच दिन अस्वीकार गरेपछि राजीनामा दिएकी छिन्। किङ सन् १९९४ देखि एसएसए मा कार्यरत थिइन्, । डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (सरकारी दक्षता बिभाग)को अनुरोध अस्वीकार गरेपछि उनको पदबाट बिदाइ भएको हो।
ह्वाइट हाउसले लिल्यान्ड डुडेकलाई नयाँ कार्यवाहक आयुक्तको रूपमा नियुक्त गरेको छ भने स्थायी पदका लागि फ्र्याङ्क बिसिग्नानोको नाम प्रस्ताव गरेको छ।
सरकारी दक्षता बिभाग जुन इलन मस्कद्वारा सञ्चालित छ । संघीय निकायहरूमा अपव्यय र ठगी रोक्ने उद्देश्य लिएर हिडेको यसले ठूलो खर्च कटौती गरेको दाबी गरेको छ । यसले सामाजिक सुरक्षा संख्या र कर जानकारी जस्ता संवेदनशील तथ्यांक पहुँच गर्ने प्रयास गर्दा गोपनीयता सम्बन्धी चिन्ताहरू उठेका छन्। यस्तो पहुँचले संघीय कानुन उल्लङ्घन गर्न सक्छ र करदाताहरूको गोपनीयता जोखिममा पार्न सक्छ भनि आलोचकहरुले आवाज उठाई रहेका र व्यापक जुलुस बिरोद समेत गरेका छन् ।
डीओजीईले गोपनीय तथ्यांक पहुँच गर्न खोजेपछि यसविरुद्ध धेरै कानुनी मुद्दा दायर भएका छन्।
प्रतिक्रिया