लस एन्जलस क्षेत्रमा तैनाथ राष्ट्रिय सुरक्षा बल (नेशनल गार्ड )सैनिकको संख्या ३०० बाट बढेर १,७०० पुगेको छ। अमेरिकाको रक्षा विभागले सोमबार साँझ दिएको जानकारी अनुसार यो वृद्धि हालको आप्रवासन विरोधी प्रदर्शनसँग सम्बन्धित अस्थिरतालाई ध्यानमा राखेर गरिएको हो।
क्यालिफोर्निया राष्ट्रिय सुरक्षा बलका सैनिकहरू ७९ औं इन्फेन्ट्री ब्रिगेड कम्ब्याट टिम अन्तर्गतका हुन्। उनीहरू टास्क फोर्स ५१ अन्तर्गत काम गरिरहेका छन्, जसमा ७०० नौसेना सैनिकहरू पनि सामेल छन्। कार्यबल ५१ को मुख्य उद्देश्य संघीय कर्मचारी र सम्पत्तिको सुरक्षा गर्नु रहेको अमेरिकी नर्थकमले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सप्ताहन्तमा २,००० राष्ट्रिय सुरक्षा बल तैनाथ गर्न अनुमति दिने ज्ञापनमा जारी गरेका थिए। यो निर्णय आप्रवासन कानून कार्यान्वयनको विरोधमा भइरहेको प्रदर्शनले ल्याएको अशान्तिपछि लिइएको हो।
क्यालिफोर्नियाका गभर्नर ग्याविन न्युजमले सोमबार बताएका अनुसार राष्ट्रपति ट्रम्पले थप २,००० राष्ट्रिय सुरक्षा बल सैनिक पठाउने योजना बनाइरहेका छन् ।
लस एन्जलसमा संघीय नीति र आप्रवासन मुद्दामा चर्किंदो जनआक्रोशसँगै सुरक्षा व्यवस्था कडा बनाइएको छ।
प्रतिक्रिया