युक्रेन युद्ध अन्त्य गर्न अमेरिकी -रूसी उच्च वार्ताटोली साउदी अरेबियामा ,भेटवार्ता हुनु अगाडी युक्रेनमा भीषण आक्रमण

इनेप्लिज २०८१ फागुन ६ गते ११:४० मा प्रकाशित

युक्रेन युद्ध अन्त्य गर्न अमेरिकी -रूसी उच्च वार्ताटोली साउदी अरेबियामा पुगेका छन् । उनीहरु बीच भेटवार्ता प्रारम्भ भएको छ । तर युक्रेनको कुनै प्रतिनिधि संलग्न गरिएको छैन । अर्थात् युक्रेनलाई प्रारम्भिक वार्तामा राखिएको छैन । उता भेटवार्ता हुनु अगाडी युक्रेनमा भीषण आक्रामण गरिएको छ ।

युक्रेन युद्ध अन्त्य गर्न प्रारम्भिक वार्ता अघि अमेरिकी विदेशसचिव मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभ साउदी अरेबियामा भेटघाट भएको छ । यो वार्तामा युरोप र युक्रेनलाई संलग्न गराईएको छैन ।

रियाद वार्तामा उपस्थित अन्य अमेरिकी अधिकारीहरूमा राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्य पूर्वका राजदूत स्टीव विटकोफ समावेश छन्। रुसी पक्षमा राष्ट्रपतिका सहयोगी युरी उशाकोभ र सार्वभौम सम्पत्ति कोष प्रमुख किरिल डिमीत्रीभ सहित शीर्ष-स्तरीय राजनीतिक, गुप्तचर र आर्थिक व्यक्तित्वहरू छन्, जसले हालैको अमेरिकी कैदी रिहाइ सम्झौतामा पर्दा पछाडि अहम भूमिका खेलेका थिए।

लाभरोभले वार्ताले दुई “महाशक्तिहरू” बीचको सम्बन्धमा “असामान्य अवधि” समाप्त गर्ने लक्ष्य राखेको बताएका छन्। छलफलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीचको सम्भावित बैठक तय गर्न सक्ने सिएनएनले जनाएको छ ।

सम्भावित महत्त्वपूर्ण वार्ताबाट बाहिरिएकोमा चिन्ता व्यक्त गर्ने युरोपेली नेताहरूले गत सोमबार पेरिसमा युक्रेनमा आपतकालीन बैठक आयोजना गरे। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपलाई संयुक्त सेना र विदेश नीति निर्माण गर्न एकजुट हुन आग्रह गरेपछि उनीहरूको भेला भएको थियो। उनले महादेशको लागि अमेरिकी समर्थनको प्रत्याभूतिका दिनहरू सकिएको चेतावनी दिएका थिए।

प्रतिक्रिया