अमेरिकाको ओहायो राज्यमा चार ग्राहकलाई घातक औषधि खुवाएको र पाँचौंलाई मार्ने प्रयास गरेको आरोपमा एक यौनकर्मीलाई लगभग ३० वटा अपराध मुद्धा लगाईएको छ ।
३४ वर्षीया रेबेका औबर्नमाथि चार पुरुषलाई फेन्टानिलको घातक मात्रा दिएर हत्या गरेको र पाँचौं व्यक्तिलाई मार्न प्रयास गरेको आरोप छ। उनले यी व्यक्तिहरूसँग यौन सम्बन्धका लागि भेट गरी, तिनीहरूलाई घातक औषधी दिएर लुटेको आरोप लगाइएको छ।
अक्टोबर २०२३ मा औबर्नले सबै आरोपहरूमा आफू निर्दोष रहेको दाबी गर्दै अदालतमा उपस्थित भएकी थिइन्। उनीमाथि हत्या, अनैच्छिक मानवहत्या, डकैती, आक्रमण, लागू औषध व्यापार, र प्रमाण नष्ट गर्ने जस्ता झन्डै ३० वटा अभियोग लगाइएको छ।
फ्र्याङ्कलिन काउन्टीका न्यायाधीश करेन फिप्सले गत बिहिबार उनलाई आफ्नो मुद्दाको प्रकृति बुझ्न र कानुनी बचाउ गर्न सक्ने अवस्थामा रहेको ठहर गरेकी छिन्। अब उनको मुद्दा अदालतमा अगाडि बढ्नेछ।
ओहायोमा फेन्टानिलसँग सम्बन्धित ज्यादा सेवनको कारण मृत्युहरूको संख्या उच्च छ। यो घटना लागू औषध दुरुपयोग, यौन व्यापार, र अपराधबीचको सम्बन्धबारे गहिरो बहसको विषय बनेको छ।
औबर्नले आफू दोषी नभएको बताएकी छिन्। अधिकारीहरूका अनुसार जनवरी देखि जुन २०२३ सम्म, औबर्नले कोलम्बस क्षेत्रमा चार ग्राहकहरूलाई यौनसम्पर्कको लागि भेटेकी थिइन् । त्यसपछि उनले उनीहरूलाई फेन्टानिल खुवाएर घातक औषधि खुवाइन् र लुटिन्।
अभियोगपत्र अनुसार डिसेम्बरमा पाँचौं व्यक्तिको ओभरडोज(ज्यादै ओखती खुवाईएको)को प्रयासमा औबर्नमाथि जघन्य आक्रमण र बढ्दो डकैतीको आरोप पनि लगाइएको थियो।
फ्र्याङ्कलिन काउन्टी मृत्यु समिक्षकको कार्यालयले प्रदान गरेको शव परीक्षण प्रतिवेदन अनुसार ज्यादा ओखती सेवनबाट मृत्यु भएको आरोप लगाइएका अन्य पीडितहरूमा ५४ वर्षीय रोबर्ट स्नोक; ३० वर्षीय जोसेफ क्रम्पलर; र ४२ वर्षीय गाय रेन्डा जूनियर रहेका थिए ।
प्रतिक्रिया