अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एड मार्टिनलाई वाशिंगटन, डिसीको लागि स्थायी अमेरिकी वकिलको रूपमा मनोनयन गरेका छन्।
मार्टिन यसअघि अस्थायी रूपमा उक्त पदमा कार्यरत थिए। उनको मनोनयनलाई अब अमेरिकी सिनेटले अनुमोदन गर्नुपर्नेछ।
मार्टिन न्यू जर्सीमा जन्मेका हुन् र उनले होली क्रस कलेजबाट अंग्रेजीमा डिग्री( स्नातकोत्तर) तथा सेन्ट लुइस विश्वविद्यालयबाट कानूनको उपाधी हासिल गरेका छन्। उनी मिजौरी रिपब्लिकन दलका पूर्व अध्यक्ष हुन् र कानूनी अभ्यासमा दुई दशक बिताएका छन्।
उनले जनवरी ६, २०२१ का डिसी अमेरिकी सॅसज भवन( कैपिटल दंगा)का सयौं मुद्दा खारेज गर्न निर्देशन दिएका थिए, जसमा ट्रम्पका आममाफीहरू र सजाय कटौतीको भूमिका थियो।
उनले दंगा संलग्नहरूमाथि लागेको गम्भीर अभियोगको पुनरावलोकन गर्न पनि आदेश दिएका थिए।
मार्टिनले एलन मस्कको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसेन्सी अर्थात सरकारी दक्षता विभाकको कामको रक्षा गर्दै, सरकारी प्रणालीको निरीक्षण रोक्ने जोसुकैविरुद्ध कानूनी कारबाही गर्ने चेतावनी दिएका छन्।
ट्रम्पका कट्टर समर्थक मार्टिनको मनोनयन विवादास्पद बनेको छ।
आलोचकहरूका अनुसार उनले कानूनभन्दा बढी राजनीतिक प्राथमिकतालाई अघि सारेका छन्। अब सिनेटले उनको स्थायी नियुक्तिको विषयमा निर्णय गर्नेछ। तर सिनेटमा रिपव्लिकन दलको बहुमत भएकोले उनि अनुमोदन हुने सॅभावना रहेको छ ।
प्रतिक्रिया