अमेरिकामा शक्तिशाली आँधीबेरी,हिमपात र बाढीको कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।
सिएनएनका नुसार कम्तीमा १० जनाको मृत्यु भएको छ र यस क्षेत्रमा हजारौं मानिसहरू बिजुलीविहीन छन्।
मा पानीको स्तर ऐतिहासिक उच्च बिन्दुमा पुगेको छ । आपतकालीन प्रतिक्रियाकर्ताहरूले २४ घण्टाभन्दा कम समयमा १,००० भन्दा बढी उद्धार कार्य गरेको केन्टकीका गभर्नर एन्डी बेशियरले बताए ।
त्यस्तै अमेरिकाको ग्रेट लेक्स क्षेत्रका केही भागहरूमा बिशाल हिमपात हुने र हिउँले ताल पुरिन सक्ने सम्भावना रहेको छ । मौसमविद्हरूका अनुसार न्यूयोर्कको माथिल्लो राज्यदेखि न्यू इङ्गल्याण्डसम्म लगभग १० करोड मानिसहरू जाडो हिमपातको चेतावनी अन्तर्गत रहेका छन्।
प्रतिक्रिया