अमेरिकी विदेश सचिव रुबियो युक्रेन रुस युद्ध अन्त्य गर्न वार्ताका लागि साउदी अरेबिया पुगे

इनेप्लिज २०८१ फागुन ५ गते ११:२९ मा प्रकाशित

युक्रेनमाथिको मस्कोको युद्ध अन्त्य गर्ने विषयमा अमेरिका-रूस वार्ता हुनुभन्दा अगाडि विदेशमन्त्री मार्को रुबियो सोमबार साउदी अरेबिया पुगेका छन् ।

रुबियोसँग मध्यपूर्वका राजदूत स्टीभ विटकोफ र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज समेत सामेल हुनेछन्।

क्रेमलिनका प्रवक्ता डिमीट्री पेस्कोभले सोमबार पत्रकारहरूलाई रुसी प्रतिनिधिमण्डलमा विदेशमन्त्री सर्गेई लाभरोभ, राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभ र रुसको सार्वभौम सम्पत्ति कोषका प्रमुख किरिल दिमित्रीभ समावेश हुने बताए ।

“मंगलबार रियादमा उनीहरूले अमेरिकी समकक्षीहरूसँग भेट गर्नेछन्, जुन सबैभन्दा पहिले, रूसी-अमेरिकी सम्बन्धको सम्पूर्ण दायरा पुनर्स्थापित गर्न समर्पित हुनेछ,” पेस्कोभले भने। टोलीहरूले पुटिन र राष्ट्रपति डोनाल्ड ट्रम्प बीचको सम्भावित प्रत्यक्ष भेटघाटको बारेमा पनि छलफल गर्नेछन्, ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनको टोलीलाई भूमिका खेल्न किभ र युरोपभरिबाट आह्वान गरिए पनि आगामी चरणको वार्तामा युक्रेनको प्रतिनिधित्व हुने अपेक्षा नरहेको एबिसीन्यूजले जनाएको छ ।

प्रतिक्रिया