न्यायाधीशद्वारा सरकारी दक्षता बिभागलाई धनसार (ट्रेजरी )विभागका भुक्तानी प्रणालीहरूमा पहुँच गर्नबाट अस्थायी रोक

इनेप्लिज २०८१ फागुन ३ गते २:२० मा प्रकाशित

अमेरिकी जिल्ला न्यायाधीश जीनेट वर्गासले इलन मस्क प्रमुख रहेको सरकारी दक्षता बिभागका सम्बन्धी व्यक्तिहरूलाई अमेरिकी धनसार (ट्रेजरी )विभागका भुक्तानी प्रणालीहरूमा पहुँच गर्नबाट रोक्ने आफ्नो अस्थायी आदेशलाई निरन्तरता दिएकी छिन्।

उनले अझै पनि प्रारम्भिक निषेधाज्ञा दिने कि नदिने भन्नेबारे निर्णय गरेकी छैनन्, तर केही दिनभित्र आफ्नो अन्तिम निर्णय आउने संकेत दिएकी छिन्।

यस मुद्दालाई लिएर इलन मस्क, उपराष्ट्रपति जे.डी. भ्यान्स र राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसालै न्यायपालिकाको आलोचना गरिरहेका छन्।

प्रतिक्रिया