इलन मस्क प्रमुख रहेको सरकारी दक्षता विभाग बिरुद्ध १४ राज्यहरुद्वारा मुद्दा दायर

इनेप्लिज २०८१ फागुन २ गते १२:३१ मा प्रकाशित

बिश्व कै धनाढ्य व्यक्ति तथा राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी दक्षता विभागका प्रमुखमा नियुक्त गरेका इलन मस्क प्रमुख रहेको बिभाग बिरुद्ध १४ राज्यहरुद्वारा मुद्दा दायर गरेका छन् ।

मस्कको अभूतपूर्व’ शक्तिलाई असंवैधानिक भनी आलोचना गर्दै मुद्धा दायर गरेका हुन् । मुद्दामा भनिएको छ,मस्कको भूमिकाले संविधानको नियुक्ति धारा उल्लङ्घन गर्दछ। चौध राज्यहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प र इलन मस्क विरुद्ध संघीय मुद्दा दायर गरेका छन् ।

नयाँ सरकारी दक्षता विभागको प्रमुखको रूपमा मस्कको भूमिकालाई चुनौती दिएका छन् । उनलाई “अराजकताको तोकिएको एजेन्ट” भएको आरोप लगाउँदै “व्यापक अधिकार” अमेरिकी संविधानको उल्लङ्घन हो भनि दाबी गरेका छन् ।

सरकारको कार्यबल खोस्ने र सम्पूर्ण विभागहरूलाई समाप्त पार्ने मस्कको असीमित र अनियन्त्रित शक्ति यो देशको स्वतन्त्रता जित्नेहरूका लागि स्तब्ध पार्ने देखिएको भन्दै वाशिंगटन, डी.सी.को संघीय अदालतमा बिहीबार दायर गरिएको उजुरीमा लेखिएको छ।

न्यू मेक्सिकोका महान्यायाधिवक्ता राउल टोरेज र एरिजोना, मिशिगन, मेरील्याण्ड, मिनेसोटा, क्यालिफोर्निया, नेभादा, भर्मन्ट, कनेक्टिकट, रोड आइल्याण्ड, म्यासाचुसेट्स, ओरेगन, वाशिंगटन र हवाईका अधिकारीहरूद्वारा दायर गरिएको मुद्दामा भनिएको छ, “लोकतन्त्रको लागि एकल, अनिर्वाचित व्यक्तिको हातमा राज्य शक्तिको संचय भन्दा ठूलो खतरा अरू केही छैन।”

प्रतिक्रिया