सेवानिवृत सैनिक (भेटेरन)मामिला विभागमा १,००० भन्दा बढी कामदारहरू बर्खास्त,ट्रम्प प्रशासनको योजनाबद्ध सामूहिक बर्खास्तीको निन्दा

इनेप्लिज २०८१ फागुन २ गते १२:०९ मा प्रकाशित

ट्रम्प प्रशासनले सेवानिवृत सैनिक (भेटेरन)मामिला विभागमा १,००० भन्दा बढी कामदारहरू बर्खास्त गरेको छ ।

बिहीबार साँझ एक विज्ञप्तिमा भेटेरान मामिला विभागले बर्खास्तीको बारेमा एक विज्ञप्ति मार्फत जानकारी गराएको छ । ट्रम्प प्रशासनको पछिल्लो कारवाही अन्तर्गत बर्खास्तीको नयाँ लहरको एक भागको रूपमा १,००० भन्दा बढी नयाँ कामदारहरूलाई बर्खास्त गरिएको बिज्ञप्तिमा जनाईएको छ ।

त्यस्तै अमेरिकाको सबैभन्दा ठूलो संघीय कर्मचारी संघका अध्यक्षले ट्रम्प प्रशासनको योजनाबद्ध सामूहिक बर्खास्तीको आलोचना गर्दै यो कदमलाई “संघीय रोजगारीलाई नियन्त्रण गर्ने निष्पक्षता र योग्यताको सिद्धान्तहरूको स्पष्ट उल्लङ्घन” गरेको आरोप लगाएका छन् ।

यी बर्खास्तीहरु खराब प्रदर्शन गर्ने कर्मचारी होइनन् आफ्नो शक्तिको प्रदर्शन गरेको अध्यक्ष एभरेट केलीले बताए ।

संघीय सरकारलाई ध्वस्त पार्ने, कामदारहरूलाई चुप लगाउने र निकायहरूलाई क्षमताभन्दा नातावादलाई प्राथमिकता दिने कट्टरपन्थी कार्यसूचीको अधीनमा बस्न बाध्य पार्ने बारे हुन्,केलीले अर्को आरोप लगाए ।

कर्मचारी व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार, बर्खास्तीको यो नयाँ लहरले गत दुई वर्ष भित्र संघीय सरकारले नियुक्त गरेका २००,००० भन्दा बढी कामदारहरूलाई असर गर्न सक्ने जनाएको छ ।

प्रतिक्रिया