राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भन्सार महसुल सम्वन्धी नयॅा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
उनले आफ्नो प्रशासनलाई प्रत्येक विदेशी व्यापारिक साझेदारसँग रेसिप्रोकल टेरिफ अर्थात समतुल्य महसुल निर्धारण गर्न निर्देशन दिएका छन्।
यसको अर्थ यदि कुनै देशले अमेरिकी सामानमा उच्च महसुल लगाउँछ भने अमेरिका पनि त्यसै अनुपातमा महसुल लगाउने नीति अपनाउनेछ।
ट्रम्प प्रशासनले यसलाई व्यापार असन्तुलन हटाउने र अमेरिकी उद्योग तथा कामदारहरूलाई फाइदा पुर्याउने कदमका रूपमा व्याख्या गरेको छ।
यस कार्यकारी आदेशले अन्तर्राष्ट्रिय व्यापार सम्बन्धमा महत्त्वपूर्ण असर पार्न सक्छ किनभने प्रभावित देशहरूले पनि अमेरिकी सामानमा थप महसुल लगाउने सम्भावना रहेको छ ।०
विशेष गरी, चीन, भारत, क्यानडा, र मेक्सिको जस्ता देशहरू लक्ष्यमा पर्न सक्ने अनुमान गरिएको छ।
यो नीति लागू भएमा व्यापार युद्ध चर्किन सक्ने जोखिम रहन्छ, जसले अमेरिकी व्यवसाय, उपभोक्ता, र अन्तर्राष्ट्रिय साझेदारीहरूलाई प्रभावित गर्न सक्छ।
अब प्रशासनले कसरी महसुलको गणना गर्ने र कहिले लागू गर्ने भन्ने कुरा अझ स्पष्ट हुन बाँकी रहेको सिविएसन्यूजले जनाएको छ ।
प्रतिक्रिया