डेमोक्र्याटिककी पूर्व राष्ट्रपतिकी उम्मेदवारी समेत रहेकी तुलसी गबार्ड राष्ट्रिय गुप्तचर निर्देशक पदमा सिनेटले अनुमोदन गरेको छ ।
अमेरिकी सिनेटले तुलसी गबार्डलाई राष्ट्रिय गुप्तचर निर्देशक (डिएनआई) को रूपमा ५२-४८ मतले पुष्टि गरेको छ।
गबार्ड जो पूर्व डेमोक्र्याटिक कंग्रेस सदस्य तथा पूर्व अमेरिकी सैनिक हुन् । उनीमाथि पहिलेदेखि नै रूस र सिरियाप्रति सहानुभूति राख्ने भनाईहरू प्रति आलोचना हुँदै आएको थियो। पुष्टि सुनुवाइको क्रममा, उनले गुप्तचर समुदायलाई राष्ट्रपति ट्रम्पको दृष्टिकोण अनुसार अघि बढाउने र जनताको विश्वास पुनःस्थापित गर्ने प्रतिबद्धता जनाइन्।
डिएनआईको रूपमा, गबार्डले १८ वटा गुप्तचर निकायहरूको नेतृत्व गर्नेछिन् । राष्ट्रपति ट्रम्पकी मुख्य गुप्तचर सल्लाहकारका रूपमा सेवा गर्नेछिन्।
तुलसी गबार्ड एक अमेरिकी राजनीतिज्ञ, सैन्य पूर्वसैनिक, र हवाईबाट पूर्व अमेरिकी प्रतिनिधि (२०१३–२०२१) हुन्। १९८१ मा जन्मेकी गबार्ड कांग्रेसमा निर्वाचित हुने पहिलो हिन्दू र सामोआ अमेरिकी थिइन्।
उनले अधिकांश राजनीतिक जीवन डेमोक्र्याट पार्टीमा बिताइन् र २०२० मा राष्ट्रपति पदको उम्मेदवारी दिएकी थिइन्, तर २०२२ मा दल छाडेकी थिइन्। गबार्ड हवाई सैनिक राष्ट्रिय (आर्मी नेशनल गार्ड)मा सेवामा थिइन् । साथै उनि इराकमा पनि खटिएकी थिइन्।
उनी अमेरिकी विदेश नीतिको आलोचक र युद्धविरोधी अडानका लागि परिचित छिन्। उनि सन् २०२२ मा डेमोक्र्याटिक दल छोडे पछि उनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्यापक खोज तलास गरेर उनलाई आफ्नो पक्षमा ल्याई समर्थक बनाएका हुन् । उनि अब रिपब्लिकन दलको राष्ट्रपति ट्रम्पको राष्ट्रिय गुप्तचर निर्देशक पदमा काम गर्ने छिन् ।
प्रतिक्रिया