नयाँ वर्ष २०२५ को अवसरमा नेपाली मधेशी समुदाय अल्बानी, न्युयोर्क अमेरिकाको वार्षिक सभा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । कार्यक्रममा समुदायका सदस्यहरूले एकअर्कामा खुशी साटासाट गरी आउँदो नयाँ कार्यकाल (सन २०२५-२०२६)का लागी अरविन्द कुमार सिंह को नेतृत्वमा तदर्थ समितीको गठन गरिएको छ । जसमध्ये उपाध्यक्षमा पुरुषोतम गुप्ता र अमित यादव, कोषाध्यक्षमा दिपक साह, सचिव: निरंजन मल्लिक, सह सचिव: रतन मण्डल, सांस्कृतिक को-ओर्डीनेटर: लक्ष्मण केशरी रहनुभएको छ ।
उहाँहरूका साथै सदस्यहरूमा क्रमशः रवि गुप्ता, संजय गुप्ता, विजेश शाह, सचिन यादव, रमेश साह र चन्दन साह चयन हुनुभएका छन् । संस्थाको अध्यक्ष अरविन्द सिंहका अनुसार आगामी कार्यकालमा एसियाली प्रवासी संगठनहरूसँग कार्यगत एकतागरी मधेशी समुदायका सदस्यहरूको आर्थिक, शैक्षिक, सांस्कृतिक एवं राजनीतिक क्षमता अभिवृधीमा अहम भूमिका खेल्ने बताउनु भयो । साथै मधेशी साँस्कृतिक भवनकालागी जग्गा व्यवस्थापन गर्ने तर्फ पहल गर्ने बताउनु भयो । यसका साथै उपाध्यक्ष अमित यादवले यो तदर्थ समितीले एतिहासीक एवं रचनात्मक कार्यहरू गर्ने आफ्नो उदेश्य रहेको बताउनुभयो ।
स्थनीय अगुवा एवं समाजसेवी देवेन्द्र चन्द्रवंशीको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । उहाँले सभापतिको आसन ग्रहण गर्दै नयाँ कमिटीलाई हृदयको गहिराईवाट धन्यवाद दिनुकासाथै आपसी सुमधुर सम्बन्ध एवं पारस्परिक सहयोगले मधेशी समुदाय अगाडी बढ्ने र व्यक्तिगत तथा संस्थागत रूपमा न्युयोर्कमा स्थापित हुने बताउनु भएको कुरा यस संस्थाका पूर्व अध्यक्ष बबन कर्णले न्युयोर्कको राजधानीअल्बानी वाट जानकारी गराउनु भएको छ ।
प्रतिक्रिया