शिक्षा विभागले संघीय विद्यार्थी ऋण तथ्याङ्क सरकार दक्षता विभागलाई अस्थायी रूपमा रोक्न सहमति जनाएको छ। सरकार दक्षता विभागका प्रमुख इलन मस्क हुन् । उनले थुप्रै चुनौतीहरुको सामना गर्नु परेको छ । उनले गर्न खोज्दा पनि उनि समस्यामा अल्झिएका छन् ।
शिक्षा विभागले संवेदनशील विद्यार्थी ऋण अभिलेखहरू पहुँच गर्नबाट सरकार दक्षता विभागका प्रतिनिधिहरूलाई अस्थायी रूपमा रोक्न सहमति जनाएको छ।
क्यालिफोर्निया विश्वविद्यालय विद्यार्थी संघले सरकार दक्षता विभाग( डिइजीइ)सँग सम्बन्धित कुनै पनि संघीय कर्मचारी वा ठेकेदारलाई राष्ट्रिय विद्यार्थी ऋण तथ्याँक प्रणाली सहित शिक्षा प्रणालीहरूबाट अभिलेख (रेकर्ड)हरू पहुँच गर्न निषेध गर्ने सम्झौतामा पुगेको छ।
मुद्दा अदालतमा जाँदा पनि कायम रहने सम्झौताले डिइजीइसँग सम्बन्धित कुनै पनि संघीय कर्मचारी वा स्वयंसेवकहरूलाई शिक्षा प्रणाली विभागबाट पहिले नै प्राप्त भएको कुनै पनि जानकारी साझा(शेयर) गर्नबाट पनि रोक लगाउँछ।
यो सम्झौता मंगलबार बिहान भएको छोटो सम्मेलनपछि भएको एबिसीन्यूजले जनाएको छ ।
प्रतिक्रिया