अमेरिकी गृह बिभागले आपतकालिन सहयोग को ५९ मिलियन डलर आप्रवासीलाई सुताउन विलासिता अतिथीगृह( होटल)मा खर्च गरेको आरोपमा फिमाका ४ कर्मचारी बर्खास्त गरेको छ ।
डिएचएसले अनधिकृत ५९ मिलियन डलर आप्रवासी होटेल( पाहुनाघर) भुक्तानीमा संलग्न चार फिमा अधिकारीहरूलाई बर्खास्त गरेको फक्सन्यूजले जनाएको छ।
अमेरिकी गृह सुरक्षा विभागले संघीय आपतकालीन व्यवस्थापन एजेन्सी (फिमा) का चार कर्मचारीहरूलाई नेतृत्वलाई वेबास्ता गरी न्यूयोर्कका विलासिता (लक्जरी) होटेलहरूमा आप्रवासीहरूका लागि ५९ मिलियन भुक्तानी स्वीकृत गरेको आरोपमा बर्खास्त गरेको हो ।
बर्खास्त गरिएकाहरूमा फिमाकाका प्रमुख वित्तीय अधिकृत, दुई कार्यक्रम विश्लेषक, र एक अनुदान विशेषज्ञ छन्।
एलन मस्कले एक्समा फिमाले आपतकालीन राहत कोष “अवैध आप्रवासीहरू” मा खर्च गरेको आरोप लगाएपछि यो कारबाही भएको हो।
बाइडेन प्रशासनको समयमा फिमा अमेरिकी नागरिकहरूको आपतकालीन राहतभन्दा आप्रवासी सहायता प्राथमिकता दिएको आरोप लागेको थियो।
प्रतिक्रिया