अनेरिकाको टेनेसीको फोर्ट क्याम्पबेलमा अमेरिकी सैनिकको छुरा प्रहार गरी हत्या गरेको घटनामा पति र पत्नीलाई हत्याको आरोप लगाईएको छ।
क्लार्क्सभिल प्रहरी विभागले सप्ताहन्तमा ३५ वर्षीया सोफिया रोडासलाई २३ वर्षीया सैनिक काटिया डुएनस एगुलरको मृत्युमा हत्या र प्रमाण नष्ट गरेको आरोप लागेको जनाएको छ।
एसोसिएटेड प्रेसले आइतबार जनाए अनुसार एगुलरका पति ४० वर्षीय रेनाल्डो सालिनास क्रुजलाई पनि सोही आरोप लागेको छ।
एगुलर मे २०२४ मा टेनेसीस्थित उनको घरमा मृत अवस्थामा फेला परेकी थिइन्।
शव परीक्षणका अनुसार उनको शरीरको माथिल्लो भाग र घाँटीमा ६८ वटा छुरा प्रहार गरिएको देखाएको छ।
टेक्सासकी एगुलर २०१८ मा सेनामा भर्ती भएकी थिइन्।
उनी एक वर्षपछि सैनिक छाउनी फोर्ट क्याम्पबेल आइपुगेकी थिइन्। उनी १०१ औं गणको १०१ औं एयरबोर्न विभागको पनि हिस्सा थिइन्।
प्रतिक्रिया