गत आइतबार सम्पन्न भएको इगल्स बिरुद्ध चिफ्स खेलका लागि खेलकुद सम्बाददाता पत्रकार लुजियानाको एक कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ । ५९ औ सुपर बाउलका खेलकुद सम्बाददातालाई मृत्यु हुनुभन्दा केही घण्टा अघि लागूपदार्थ दिइएको थियो या थिएन भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको एबिसीन्यूजले जनाएको छ ।
लुजीयानाको केनरमा रहेको उनको अतिथिगृह (होटल)को कोठामा खेलकुद सम्बाददाता एडन मान्जानो मृत फेला परेका थिए।
मृत्यु हुनुभन्दा केही घण्टा अघि लागूपदार्थ दिइएको थियो या थिएन भन्दै अनुसन्धान गर्दै प्रहरीले एडन मान्जानोको घुम्तीयन्त्र (सेलफोन) र उधारो पत्र(क्रेडिट कार्ड )घरमा भएको आरोपमा एक महिलालाई सम्पत्ति अपराधमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
केनर प्रहरी विभागका अनुसार केजीकेसी टेलिमुन्डो क्यान्सस सिटी र टिको स्पोर्ट्सका सम्बाददाता एडन मान्जानो फेब्रुअरी ५ मा लुजियाना केनरमा रहेको उनको अतिथिगृहको कोठामा मृत फेला परेका थिए। मृत्युको कारण सार्वजनिक गरिएको छैन।
केनर प्रहरी विभागका अनुसार, प्रहरीले मृत फेला पर्नुभन्दा केही घण्टा अघि मान्जानोको अतिथिगृहको कोठामा प्रवेश गरेको देखिएकी एक महिलाको घरमा उनको घुम्तीयन्त्र र उधारो पत्र (सेलफोन र क्रेडिट कार्ड) रहेको आरोप छ। लुजियानाको स्लाइडेलकी डेनेट कोल्बर्टलाई चोरी र ठगी सम्बन्धी अपराधहरू सहित सम्पत्ति अपराधको आरोप लगाइएको छ।
अनुसन्धानकर्ताहरूले यस मुद्दामा उपलब्ध सबै प्रमाणहरूको खोजी गरिरहेका छन्, जसमा मानजानोलाई उनको मृत्यु हुनुभन्दा अघि लागूपदार्थ दिइएको हुन सक्ने सम्भावना रहेको प्रहरीले जानकारी दिएका छन् ।
मान्जानोको मृत्युको अनुसन्धानको क्रममा कोल्बर्ट बिरुद्ध डकैती, पहुँच उपकरण ठगी, मौद्रिक कोषको अवैध प्रसारण, बैंक ठगी आरोप लगाइएको छ ।
कोलबर्ट फौजदारी कारवाही पर्खाइमा छिन भने उनीलाई जेफरसन पेरिस सुधार केन्द्रमा हिरासतमा राखिएको छ ।
प्रतिक्रिया