अमेरिकाको फ्लोरिडामा राज्यमा कारागारका एक सुधार अधिकारीलाई ‘लक्षित’ आक्रमणमा गोली हानी हत्या गरिएको प्रहरीले बताएको छ । मारिएका ३९ बर्षिय मारिएका सहायक अधिकारी तीन वर्षदेखि उक्त निकायमा कार्यरत थिए।
प्रहरीले बताएअनुसार उनि कर्तब्यमा नभएको अवस्थामा ( अफ ड्युटी )सुधार अधिकारीलाई “लक्षित आक्रमण” मा गोली हानी मारिएको थियो।
उक्त घटना साँझ ७:३२ बजे भएको थियो । फ्लोरिडाको पाम बीच शेरिफ कार्यालयका प्रहरी सहायकहरूलाई गोली चलेको खबर गरिएको थियो पाम बीच शेरिफ कार्यालयको मंगलबारको एक विज्ञप्तिमा जनाएको छ । पीडित अधिकारीलाई सेन्ट मेरी अस्पताल लगिएको थियो तर केही समयपछि नै मृत घोषित गरिएको थियो ।
थप अनुसन्धानले घटना लक्षित भएको पत्ता लगाएको प्रहरीले जनाएका छन् । अधिकारीहरूले अहिलेसम्म सहायक अधिकारी नाम उल्लेख गरेका छैनन् तर मारिएका अधिकारी ३९ वर्षीय थिए । उनि त्यहाँ तीन वर्षदेखि कार्यरत रहेको प्रहरीले पुष्टि गरेका छन् ।
अनुसन्धान हाल खुला र जारी रहेको बिज्ञप्तिमा जनाईएको छ ।
प्रतिक्रिया