बाल्टिमोर निवासी तथा बानाकी हाल वरिष्ठ उपाध्यक्ष रहेकी लक्ष्मी भारतीले बानाको अध्यक्ष पदको लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्।
उनले आज फेव्रुअरी १० सोमबारका दिन करिव ११ बजे बिहान सामाजिक सॅजाल मेटा( फेसबुक) मार्फत उम्मेद्वारी घोषणा गरेकी हुन्।
उनले सामाजिक सेवा र समुदाय प्रतिको आफ्नो अनुभवलाई अझ प्रभावकारी रूपमा उपयोग गर्न चाहेको बताएकी छिन्।
साथै उनले लामो समयदेखि बानासँग आबद्ध हुँदै आफू अहिले वरिष्ठ उपाध्यक्षको रूपमा सेवा गर्दै आएको जनाएकी छन्।
आफूले हासिल गरेको अनुभव र समूदायको विश्वासले प्रेरित हुदै बाना अध्यक्ष पदको उम्मेदवारी (कार्यकाल २०२५-२०२८) को घोषणा गरेकी छिन्।
समूदायको साथ र समर्थनले मात्र बानालाई अझ सशक्त बनाउन सकिने भन्दै सुझाव, सल्लाह, र सहयोगको अपेक्षा राखेको सामाजिक सॅजालमा लेखेकी छन्।
प्रतिक्रिया