अमेरिकाको जर्जिया राज्यको एक बिशाल बजार ( शपिङ्ग सेन्टर )बाहिर गोलीकाण्डमा प्रहरीको मृत्यु भएको छ । प्रहरी अधिकारीको घातक गोलाबारीको अनुसन्धान भइरहेको अधिकारीहरूले शनिबार बताएका छन्।
प्रहरीले संदिग्ध २३ वर्षीय एडवर्ड एस्पिनोजालाई हिरासतमा लिएको छ ।
पहिचान नभएका प्रहरी अधिकारीले गत शुक्रबार राति रोसवेलको पिकलबल क्लबको सवारी साधन अडान क्षेत्र (पार्किङ)मा एक संदिग्ध व्यक्तिको बारेमा खबर पाए पछि उनि त्यहाँ पुग्दा उनि माथि हमला भएको जर्जिया अनुसन्धान बिभागले एक समाचार विज्ञप्तिमा भनेको छ।
एस्पिनोजालाई सोधपुछ जारी राखिएको बिभागले जनाएको छ । एस्पिनोजाले हाते बन्दुक निकालेर प्रहरी अधिकारीमाथि धेरै गोली हानेको बताइएको छ। अधिकारीको अस्पतालमा मृत्यु भएको बिभागले जनाएको छ।
उनलाई हत्या, प्रहरी अधिकारीमाथि बढ्दो आक्रमण र गम्भीर अपराध र बन्दुक राखेको आरोप लगाइएको छ। रोसवेल एटलान्टाबाट लगभग २५ माइल उत्तरमा अवस्थित पर्दछ ।
एक विज्ञप्तिमा रोसवेल प्रहरी विभागले आगामी दिनहरूमा थप जानकारी जारी गरिने बताएको छ । शुक्रबार राति जर्जियाका गभर्नर ब्रायन केम्पले रोसवेल प्रहरी अधिकारीका प्रियजनहरूको लागि प्रार्थना गरि रहेको जनाएका छन् ।
प्रतिक्रिया