राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो संशोधन अधिकारको रक्षा गर्ने उद्देश्यले शुक्रबार दिउँसो एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
यो आदेशले महान्यायाधिवक्ता पाम बोन्डीलाई बाइडेन प्रशासनको समयमा भएका हुन सक्ने हतियार बोक्ने अधिकारको उल्लङ्घनको समीक्षा गर्न निर्देशन दिन्छ।
उनले न्याय विभागलाई सबै संघीय बन्दुक नियमहरूको समीक्षा गर्न निर्देशन दिए, जसले अमेरिकी नागरिकहरूको हतियार राख्ने संवैधानिक अधिकारमाथि असर पार्न सक्छ। राष्ट्रपतिको यो आदेशले पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनको समयमा लागू गरिएका बन्दुक नियन्त्रण उपायहरू उल्टाउने उद्देश्य राख्छ।
ट्रम्पले महान्यायाधिवक्ता पाम बण्डीलाई दोस्रो संशोधनको सुरक्षा योजना विकास गर्न र अन्य कार्यकारी निकायहरूसँग समन्वय गर्न जिम्मेवारी दिए।
यो कार्यकारी आदेश ट्रम्प प्रशासनको दोस्रो संशोधनको रक्षा गर्ने प्रतिबद्धतालाई दर्शाउँछ।
प्रतिक्रिया