राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा भूभागलाई अमेरिकी नियन्त्रणमा लिएर त्यसलाई “मध्य पूर्वको रिभिएरा” जस्तै विकसित गर्ने प्रस्ताव गरे पछि यत्र तत्र सर्वत्र विरोध भएको छ ।
उनले आफ्नो सामाजिक सॅजालमा गाजा परियोजना सम्पन्न गर्न कुनै अमेरिकी सैनिकहरू आवश्यक नपर्ने बताए।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा यस्तो लेखेका छन्, “अमेरिका, विश्वभरका उत्कृष्ट विकास टोलीहरूसँग मिलेर, बिस्तारै र सावधानीपूर्वक निर्माणको प्रक्रिया सुरु गर्नेछ। यो आफ्नो प्रकारको सबैभन्दा ठूलो र शानदार विकास हुनेछ। कुनै अमेरिकी सैनिक आवश्यक पर्ने छैन! यसले क्षेत्रलाई स्थिरता दिनेछ!”
उनको यस भनाइपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले भने, “अमेरिकाले गाजा भूभागलाई आफ्नो नियन्त्रणमा लिनेछ र हामी त्यहाँ उत्कृष्ट काम गर्नेछौं।”
तर, ट्रम्पको प्रस्तावलाई क्षेत्रीय नेताहरू, प्यालेस्टिनी अधिकारीहरू, र पश्चिमी मुलुकहरूले व्यापक रूपमा अस्वीकार गरेका छन्।
कतारको विदेश मन्त्रालयका प्रवक्ताले भने, “अरब राष्ट्रहरू गाजा पुनर्निर्माण गर्ने योजना बनाइरहेका छन्, जसमा प्यालेस्टिनीहरू आफ्नै भूमिमा बस्नेछन्।”
प्रतिक्रिया