अमेरिकाको लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा कम्तीमा ३७ वटा विशाल जिउँदो गोब्रे किरा (बीटल) फेला पारिएको प्रहरीले जनाएको छ ।
जापानी खाजाका पुरिया (प्याकेट)भित्र ३७ वटा जीवित विशाल गोब्रे किरा भेटिएको छ । सबै गोब्रे किराहरु ४ देखि ५ इन्च लामो र कम्तिमा १४८० डलर मूल्य पर्ने भन्सार बिभागले जनाएको छ
लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा जापानी खाजा, आलुको चिप्स र मिठाई लगायतको धेरै पुरिया भित्र लुकाएर राखिएको ४ देखि ५ इन्चको कम्तीमा ३७ वटा विशाल जिउँदो गोब्रेकिरा (बीटल _फेला परेको अधिकारीहरूले बताएका छन्।
गत महिना हवाई पोतभार (एयर कार्गो) मार्फत जापानबाट आएको ढुवानीको भौतिक परीक्षणको क्रममा बिमानस्थलका कृषि विशेषज्ञहरूले यो तस्कर गरिएको पत्ता लगाएका थिए।
प्रतिक्रिया