न्यूयोर्क शहरको पूर्वी नदीमा बगिरहेको बाकस (सुटकेस)मा मानव अवशेष फेला

इनेप्लिज २०८१ माघ २४ गते १२:१९ मा प्रकाशित

न्यूयोर्क शहरको पूर्वी नदीमा बगिरहेको सुटकेस(बाकस)मा मानव अवशेष फेला परेको प्रहरीले जनाएको छ। एबिसीन्यूजका अनुसार शव कति समय सम्म त्यहाँ रहेको भन्ने बारेमा प्रहरीले तत्काल पुष्टि गरेको छैन ।

गत बुधबार साँझ करिब ५ः३० बजे पत्ता लागेको हो । न्यूयोर्क प्रहरी बिभागको हार्बर इकाइका अधिकारीहरूलाई पूर्वी नदीमा बोलाइको थियो । प्रहरीले त्यहाँ मानव अवशेष सहितको सन्दुक (सुटकेस )प्राप्त गरेको जनाएको छ ।

सन्दुक प्राप्त गरे पछि प्रारम्भिक अनुसन्धान सुरु गरिएको र अधिकारीहरूले सन्दुक(सुटकेस)मा मानव शव भएको पुष्टि गरे।

प्रहरीले उक्त शव कति समयदेखि त्यहाँ थियो । सन्दुकमा व्यक्ति कसरी हुन सक्छ भन्ने बारे कुनै सुराग नभएको र तत्काल पुष्टि गर्न नसकेको जनाएको छ ।

तर चिकित्सा परीक्षकको कार्यालयले मृत्युको कारण निर्धारण गर्ने बताएको छ। घटनाको बारेमा थप विवरण प्रदान गरिएको छैन भने हाल मृत्युको अनुसन्धान जारी रहेको एबिसी न्यूजले बताएको छ ।

प्रतिक्रिया