अमेरिकामा कागजातबिहिन आप्रवासी राख्ने हिरासत अधिकतम क्षमता नाघे पछि केही आप्रवासी थुनुवाहरूलाई रिहा गरिएको सिबिएसन्यूजले जनाएको छ ।
अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन(आइसिइ)का अनुसार हिरासत सुविधाहरू १०९ % क्षमता भन्दा ज्यादा भएकोले केही आप्रवासी थुनुवाहरूलाई रिहा गरिरहेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको निकाय (एजेन्सी)ले गिरफ्तार गर्ने क्रममा हिरासत प्रणालीमा ठाउँ अधिकतम क्षमता नाघेको छ।
मंगलबार बिहान आइसिइ हिरासत सुविधा भित्रको ठाउँ १०९ % क्षमता पुगेको थियो । आईसिइले ३८ हजार शैया भएता पनि ४२ हजार आप्रवासी बन्दीहरू राखेको थियो।
आन्तरिक विभागको आन्तरिक सुरक्षा तथ्यांक अनुसार आईसिइ हिरासतमा रहेका आधा भन्दा बढीलाई सुरुमा दक्षिणी सीमानामा पक्राउ गरिएको थियो ।
गत सोमबार आईसिइले लगभग १६० जना आप्रवासीहरूलाई हिरासतबाट रिहा गरेको छ ।
ट्रम्पको उद्घाटन पछि आईसिईले देशभर गिरफ्तारी कार्यहरू व्यापक बढाएको छ । पूर्व राष्ट्रपति जो बाइडेनको अवधिमा ३१२ दैनिक औसतको तुलनालाई पार गर्दै ट्रम्प प्रसाशनले १००० दैनिक रुपमा छापा मार्दै पक्राउ गरेको छ ।
गिरफ्तार गरिएकाहरूलाई निर्वासन गर्न आवश्यक सबै कागजी कार्य र कानुनी प्रक्रिया पूरा गर्नु अघि हिरासतमा राख्नुपर्छ। सिबिएसन्यूजका अनुसार कहिलेकाहीं ती आप्रवासीहरूलाई देश निकाला गर्दा पठाइने देशहरुले तिनीहरूलाई स्वीकार नगर्ने अवस्था पनि आएको समाचारहरु प्रकाशित भएका छन् ।
हिरासतमा राख्ने सुविधाहरूमा सीमित ठाउँको कारण आईसीइले आफ्नो नजरबन्द क्षमतालाई द्रुत रूपमा विस्तार गर्ने योजना बनाइरहेको छ । राष्ट्रपति ट्रम्पले अमेरिकी इतिहासमा सबैभन्दा ठूलो सामूहिक निर्वासन अभियान संचालन गर्ने वाचा गरेका छन् ।
ट्रम्प प्रशासनले आईसिइ बन्दीहरूलाई ठूला त्रिपालहरुमा समेत राख्ने विचार पनि गरेको छ।
प्रतिक्रिया