अमेरिकाको कोलोराडोमा छापा मार्दा भेनेजुएला गिरोहका १०० सदस्य पक्राउ

इनेप्लिज २०८१ माघ २४ गते २:४४ मा प्रकाशित

अमेरिकाको कोलोराडो राज्यमा छापा मार्दा भेनेजुएला गिरोहका १०० सदस्य पक्राउ गरिएको अधिकारीहरूले बताएका छन् ।

ट्रेन डे अरागुआका कथित सदस्यहरूलाई अरोरा आवासगृह (अपार्टमेन्ट कम्प्लेक्स)बाट पक्राउ गरिएको थियो।

अमेरिकी अध्यागमन र भन्सार प्रवर्तनले बुधबार कोलोराडोको अरोरामा रहेको एउटा एउटा आवासीय भवन (अपार्टमेन्ट कम्प्लेक्स)मा बिहान छापा मार्दा भेनेजुएला गिरोह ट्रेन डे अरागुआका १०० भन्दा बढी कथित सदस्यहरूलाई पक्राउ गरेको छ ।

दर्जनौ संघीय गुप्तचरहरू घर-घर गएर उनीहरूको आवासगृहमा बासिन्दाहरूसँग कुरा गरिरहेको देखिएको एबिसीन्यूजले जनाएको छ ।

आप्रवासी अधिकार समूह कोलोराडो द्रुत प्रतिक्रिया सञ्जाल (र्‍यापिड रेस्पोन्स नेटवर्क)का स्वयंसेवकहरूले पनि बासिन्दाहरूलाई बोल्न वा ढोका नखोल्न सल्लाह दिन मेगाफोन अर्थात् सार्वजनिक ध्वनि प्रसारण यन्त्र प्रयोग गरेको देखिएको थियो।

गत मंगलबार ट्रम्प प्रशासनले आप्रवासीहरूको पहिलो उडान ग्वान्टानामो खाडीमा पठाएको छ जसमा १० व्यक्तिहरू ट्रेन डे अरागुआका सदस्य भएको आरोप लगाइएको थियो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानको समयदेखि नै अरोरामा आपराधिक गिरोहहरू विशेष गरी ट्रेन डे अरागुआको विरुद्धमा आवाज उठाउँदै आएका छन्।

“हामी हाम्रो देशमा गैरकानूनीहरूको आक्रमण रोक्नेछौं। हामी हाम्रो क्षेत्रको रक्षा गर्नेछौं,” ट्रम्पले अक्टोबर २०२४ मा अरोराको भ्रमणको क्रममा भनेका थिए ।

प्रतिक्रिया