फेब्रुअरी ४, २०२५ मा स्विडेनको ओरेब्रोस्थित क्याम्पस रिसबर्गस्का नामक वयस्क शिक्षालयमा गोलीकाण्ड भएको छ।
घटना स्थानिय समय अनुसार दिउसो १२:३० बजे घटेको हो
विभिन्न सॅचार माध्यमहरुले समाचार लेखेका छन्।
यो आक्रमणमा झन्डै १० जनाको मृत्यु भएको छ भने धेरै व्यक्ति घाइते भएका छन्। घाइतेहरूमा आक्रमणकारी पनि परेको अनुमान गरिएको छ, तर उनको अवस्था अझै स्पष्ट छैन।
स्विडिस प्रहरीका अनुसार घटनास्थलमा ठूलो क्षति भएकाले मृतक र घाइतेहरूको वास्तविक सङ्ख्या यकिन गर्न कठिन भइरहेको छ।
घटनाको कारण अझै पत्ता लागेको छैन, तर यसलाई हत्या प्रयास, आगजनी, र गम्भीर हतियार अपराधको रूपमा अनुसन्धान गरिँदैछ।
प्रधानमन्त्री उल्फ क्रिस्टेर्सनले यसलाई “भयानक हिंसात्मक कार्य” भन्दै स्विडेनका लागि “दुःखद दिन” भएको बताएका छन्।
प्रतिक्रिया