अमेरिकाको विस्कनसिन राज्यको एक छिड़ी (बेसमेन्ट)मा एक पुरुष र कुकुर छुरा प्रहार गरी हत्या गरिएको अवस्थामा फेला

इनेप्लिज २०८१ माघ २२ गते ११:५६ मा प्रकाशित

अमेरिकाको विस्कनसिन राज्यको एक छिड़ी (बेसमेन्ट)मा एक पुरुष र कुकुर छुरा प्रहार गरी हत्या गरिएको अवस्थामा फेला परेको छ ।

प्रहरीले बताए अनुसार एक ५२ वर्षीय पुरुष र उनको कुकुरलाई आफ्नै छिडी (बेसमेन्ट)मा घुसपैठले घरभित्र पसेपछि छुरा प्रहार गरी हत्या गरिएको छ।

गत सोमबार बिहान ११:४२ बजे विस्कन्सिनको केनोशा प्रहरी विभागले १८ औं मार्ग (एभिन्यू)को ८५०० घर संख्या (ब्लक)मा घरधनीले “कोही आफ्नो घरमा पसेको र पछाडिको ढोका फुटेको सूचना दिए पछि प्रहरीहरु त्यहाँ पुगेका थिए ।

केनोशा प्रहरी विभागको सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै प्रहरीले घर जाँच गर्यो तर भित्र कोही पनि नभेटिएको जनायो । घटनास्थलबाट निस्कनु अघि उजुरी लिइयो र प्रमाण सङ्कलन गरिएको प्रहरी विभागले बताएको छ ।

प्रहरीका अनुसार लगभग २:३२ दिउँसो केनोशा प्रहरी विभागले अर्को चोरीको उजुरीको लागि सोही घरमा जवाफ दियो। सूचना दिने व्यक्तिले पछाडिको ढोका बाहिर रगत देखेको र ढोका जबरजस्ती खोलिएको खबर गरिएको थियो ।

घटनास्थलमा पुगेपछि प्रहरी अधिकारीहरूले एक मृत पुरुषलाई चक्कुको चोट लागेको भेट्टाए। उनीहरूले त्यस्तै घाउ भएको एउटा कुकुर पनि भेट्टाए र कुकुर पनि मृत अवस्थामा फेला पारेका थिए ।

केनोशा प्रहरी विभागले तुरुन्तै घर खाली गर्न र भित्र कोही लुकेको छ या छैन भनी सुनिश्चित गर्न बिशेष प्रहरी टोलीका सदस्यहरूलाई खटाएको थियो।

प्रहरीले ४१ वर्षीय पुरुषलाई संदिग्ध र उनि नै हत्यामा संलग्न भएको व्यक्तिको रूपमा तुरुन्तै पहिचान गरिएको जनाएको छ । दुई पुरुषहरूको एकअर्कासँग पहिले कुनै सम्बन्ध थियो भन्ने कुरा स्पष्ट नभएको एबिसीन्यूजले जनाएको छ ।

छोटो अनुसन्धान र खोजी पछि संदिग्धलाई नजिकैको गल्लीमा हिंडिरहेको देखिएपछि लगभग चार घण्टा पछि पक्राउ गरिएको थियो ।

प्रतिक्रिया