रक्षा विभागले आइतबार ५०० नौसेना(मरीन)हरू ग्वान्टानामोमा निर्वासित आप्रवासीहरूलाई राख्ने सुविधाहरू स्थापना गर्न आगमनको पुष्टि गर्यो।
रक्षा विभागका अनुसार उनीहरु उत्तरी क्यारोलाइनाको क्याम्प लेजुनबाट पहिलो सैन्य गण तथा छैठौं नौसैनिक पल्टन भएको पुष्टी गर्दै तस्बिरहरू प्रकाशित गरेको छ ।
सामाजिक सञ्जालमा सैनिकहरू “आप्रवासी सञ्चालन केन्द्र विस्तार गर्न तयारी गर्न” त्यहाँ हुने लेखिएको छ । गत हप्ता राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरुलाई त्यहा राख्न ठाउँ खाली भएको बताएका थिए ।
अस्थायी रूपमा ३०,००० देश निकाला गरिएका आप्रवासीहरूलाई आफ्नो गृह देश फर्कन प्रशोधनको लागि पर्खिरहेकाहरूलाई राख्न प्रयोग यो गरिनेछ।
रक्षा सचिव पिट हेगसेथले निर्वासितहरूलाई आधारमा अस्थायी सुविधाहरूमा राखिने फक्सन्यूजलाई बताए । उनले अल कायदा बन्दीहरूलाई राख्ने कारागार (जेल) सुविधा “सबैभन्दा खराब मध्ये सबैभन्दा खराब” अपराधी र आपराधिक गिरोहहरूसँग जोडिएकालाई प्रयोग गर्ने जनाए ।
देश निकाला गरिएका आप्रवासीहरूलाई ग्वान्टानामो लैजान निर्वासन उडानहरूको योजना बनिरहेको एक अमेरिकी अधिकारीले एबीसी न्यूजलाई पुष्टि गरेका छन् ।
तस्बिर कृतज्ञता : अमेरिकी रक्षा विभाग,सामाजिक संजाल
प्रतिक्रिया